४/५ बर्ष देखि ठप्प रहेका काम सक्न भिम साउदलाई जनस्वयमसेवक कञ्चनपुरको चेतावनी ।

कञ्चनपुर: नेकपा बहुमत को साहयक संगठन युवा जनस्वयमसेवक नेपालले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाए संगसंगै तल जिल्ला मा पनि हरेक विकृति विसंगति का विरुद्ध राज्यलाई खवरदारी अप्नाउदै चुनौतीपूर्ण तरिकाबाट संघर्ष कार्यक्रमहरु अगाडि बढाएको छ, यसै सिलसिला मा कञ्चनपुर जिल्ला संगठन समिति ले पनि राजेन्द्र निर्माण सेवा प्रा.लि द्वारा ४/५ बर्ष सम्म ठप्प रहेका कारण स्थानीय जनताहरुले ठुलो सास्ती भोग्नुपरेको छ।

सडक विभाग मा ध्यानाकर्षण पत्र बुझाउदै सञ्चालक भिम साउदले काममा देखाएको चरम लापरबाही तुरुन्तै नसुधि्रएको पाएमा छिटो नै कडा संघर्षमा उत्रिने चेतावनी पत्र सडक विभाग कार्यलय कञ्चनपुर महेन्द्रनगर मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालय लाई ध्यानाकर्षण पत्र दिएको कुरा संगठका कञ्चनपुर जिल्ला ईन्चार्ज दिपेन्द्र सिह ऐरी ले बताएका छन।
ध्यानाकर्षण पत्रको पुर्ण पाठ:-हाम्रो गौरवशालि संगठन युवा जनस्वयमसेवक नेपाल, स्थापनाकालदेखि राज्यद्वारा राष्ट्र र जनविरोधि गतिविधि का विरुद्ध राज्यलाई पटकपटक खवरदारी गर्दै आएको कुरा आमजनसमुदायहरुमा सर्वविदितै छ।
जनता संग प्रत्येक्ष्य जोडिएको बिषय सडक,कल्भट र पुल,जनताहरु खोला,नदिनला मा तर्न सहज हुने गरेर राज्यका हरेक निकायबाट करोडौं बजेट बिनियोजन गरिएको हुन्छ, तर केही ठेकेदार कम्पनीहरुले बिनियोजन बजेटको चरम लापरबाही गरिरहेको यो समस्या देशव्यापि रुपमै रहेको छ।

यसै क्रममा कञ्चनपुर जिल्लामा राजेन्द्र निर्माण सेवा प्रालि द्वारा निर्माणाधीन अवस्थामा रहेका कार्यहरु देखतभुलि देखि लालझाडि जोड्ने सडकमा पुल,दैजि देखि बेल्डाँडि ,बेलौरी,पुनर्वास हुँदै डोके बजार जोडिने ६२ किलोमिटर सडक, बेदकोट नगरपालिका ६ र ७ नम्बर वडा जोडिने मुसेपानि मा पुल, भिमदत्त नगरपालिका ११ भुजेला मा महाकाली जाने सडक खण्डमा पुल,भिनपा मा ०९ मा महेन्द्रनगर देखि ब्रम्हदेव जोडिने कृषि सडकमा कामिकाटे खोलामा पुल लगायतका कामको म्याद समय नाघिसकेको छ तर भने निर्माण कम्पनी र सम्बन्धित निकाय सडक डिभिजन कार्यलय मौन रहेको बिषय प्रति हाम्रो संगठन को गम्भीर ध्यानाकर्षण भएको छ।
जिल्ला भित्र रहेका कार्य पुन सुचारु गर्न गराउन निर्माण कम्पनी र सम्बन्धित निकायले तत्काल पुनः सुचारु गर्न अनुरोध गर्दै ,तोकिएको समय सिमा भित्र काम सम्पन्न गर्न जोडदार माग गर्दछौं , अन्यथा यो बिषयमा नजर अन्दाज गरेको पाईएमा हाम्रो संगठन कडा संघर्षमा उत्रिने कुरा यसै ध्यानाकर्षा पत्र मार्फत जानकारी गराउन चाहन्छौं ।

ताजा समाचार

This will close in 10 seconds