विद्यालय कर्मचारीप्रति सरकारको सौतेली व्यवहार चालु बर्षमा सबै कर्मचारीको पारिश्रमिक बृद्धि हुँदा विद्यालय कर्मचारीको हात रित्तै

कञ्चनपुर : राज्यका लागि सबै कर्मचारी समान हुन । तर, नेपालमा भने निमुखा तल्लो स्तरका कर्मचारीप्रति राज्यको सदैब सौतेली व्यवहार देखिएको छ । चालु आर्थिब बर्षमा सबै कर्मचारीको पारिश्रमिक बृद्धि हुँदा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको हात्त रितै छ । उनीहरुको तलब बृद्धि नगरेपछि विद्यालय कर्मचारी निरास भएका छन । बषौँदेखि सरकारी विद्यालयका कुर्बानी अर्थात जिवन विताएका कर्मचारी निरास भएका हुन । बाम लोकतान्त्रिक पाँच दलिय सरकारले चालु आर्थिक बर्ष २०७९÷०८०मा निजामती कर्मचारी सहित सबै राष्ट्रसेवक कर्मचारीको शुरुको तलबमा १५ प्रतिशतका दरले पारिश्रमक बृद्धि ग¥यो । त्यतिले मात्रै उपल्ला कर्मचारीलाई नपुगेपछि मार्यादाक्रम मिलाउने बहानाबाजी गरेर चालु बर्षको बजेट वक्यव्य मार्फत अर्थमन्त्री जनार्दशन शर्मा (प्रभावकर)ले अधिकृतदेखि माथिल्ला कर्मचारीका लागि संसद छलेर घोषण भन्दा दोब्बर जती पारिश्रमिक दिन तयार भए ।
तर, रातदिन न्यून तलबमा काम गर्दै आएका देशभरिकै वडामा रहेका समुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीलाई सौतेली व्यवहार एव निरास बनाएको छ । विद्यालय तर्फ सहायक, प्रशासक एव लेखा तर्फ कार्यरत विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि नगरेपछि आगामी भदौँ १गतेदेखि विद्यालय कर्मचारी आन्दोलित भएका छन । समाजवादको नीति, सिद्धान्त अघि सारेको सरकारले निम्नस्तरका कर्मचारीमाथि दया भन्दा तानाशाही प्रवृति लादेको भन्दै उनीहरुले सरकार नै कर्मचारीप्रति सौतेली व्यवहारमा उत्रिएकाले आन्दोलनमा जाने घोषणा गरेका छन । शनिबार कञ्चनपुरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले पनि सरकार नै सौतेली व्यवहारमा उत्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन । आफुहरु पनि सरकारकै लागि काम गर्ने अन्य निजामती र विश्वविद्यालयमा कार्यरत कर्मचारीपनि सरकारकै लागि काम गर्ने तर, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको दैनिक कामकाज पनि बढि हुने तर, आफुहरुको श्रमको समेत सरकारले मुल्याङ्गकन नगरेको दुखेसो पोखेका छन ।
नेपाल विद्यालय कर्मचरी परिषद् कञ्चनपुरको भेलामा सहभागि भएका अधिकाँस विद्यालय कर्मचारीले राज्यले न सम्मान न पारिश्रमिक दिन सकेको बताएका छन । उपल्ला कर्मचारी जो लाखौँ रकम घुस लिने क्रममा पक्राउ पर्दछन, त्यस्ता कर्मचारीको सेवा सुविधा एव पारिश्रमिक बृद्धि गर्दै आएको सरकारले निम्न स्तरका कर्मचारीमाथि विभेद गर्दै आएको बताएका छन । उनीहरुले सामुदायिक विद्यालयमा सिङ्गो जिवन विताउँदा समेत सरकारले वेवास्ता गरेको बताएका छन । नेपाल विद्यालय कर्मचारी परिष्द कञ्चनपुरका सचिव माहानन्द पाण्डेयले सामुदायिक विद्यालय कर्मचारीप्रति सरकारले चरम विभेद गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । उनले शनिबार कञ्चनपुरका विद्यालय कर्मचारीको भेलाले समेत सबै विद्यालय कर्मचारीप्रति सरकारले चरम विभेद र अपहेना गरेकाले त्यस बिरुद्धमा आन्दोलनको विकल्प नभएको आवाज उठाउँदै न्याय श्रमको मुल्यका लागि संघीय सरकार बिरुद्धमा आन्दोलन गर्ने निर्णय भएको बताए । ‘हामीले चालु आर्थिक बर्षमा तलब बृद्धि नभएपनि पालिका जिल्ला र प्रदेश स्तरमा सरकारलाई ज्ञापन पत्र बुझाएर स्मरण गराईसकेका छौँ, ‘उनले भने, ‘हाम्रो मागप्रति सरकारले वेवास्ता गरेको छ । अब अतिदिन सहेर बस्ने, सबै विद्यालय कर्मचारी आन्दोलित हुनेछन ।’

ताजा समाचार