दोधारा । दोधारा चाँदनीका किसानहरु छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । खेतमा लगाएको धान तथा मकै वाली छाडा पशुचौपायाले खाएर नष्ट गर्न थालेपछि किसानहरुले सास्ती भोग्दै आएका हुन् । ‘अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई अर्कै ठाँउमा धपाउनु पर्यो’ स्थानियबासी बिर बहादुर सुनार भन्छन् । बढी जसो रातीको समय छाडा पशुचौपाया खेतवारीमा पसेर बाली नष्ट गर्दै आएको उनको भनाई रहेको छ् । पछिल्लो समय छाडा चौपायाका कारण किसानहरुले लगाएको खेतीमा मात्रै नभई सार्वजनिक यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ् । छाडा पशुचौपाया धपाउन स्थानियहरु रातभरी जाग्रम बस्ने गरेको स्थानियहरु बताउछन् । ‘गाई गोरुको न्यायोचित व्यवस्थापन भने हुन सकेको छैन्’ स्थानियहरु भन्छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बिगत देखि छाडा पशुचौपाया ब्यवस्थापनको नाउमा थुप्रै पैसा खर्चे पनि समस्या ज्युँको त्युँनै छ् । हालै दोधारा चाँदनी नगरपालिका कार्यालयले छाडा पशुचौपाया नियन्त्रणको लागी दोधारा चाँदनी नगरपालिकामा रहेको सामुदायिक बनहरुमा काँञ्जी खोर निमार्ण गरि छाडा पशुचौपाया थुन्ने काम गर्दै आएपनि किसानहरुको समस्या हल भएको छैन् । भिमदत्त नगरपालिका र सिमापारीबाट आउने छाडा चौपायाको बिगबिग बढेर गएको स्थानियहरुको भनाई रहेको छ् ।


दुहुनो गाई छउन्जेल घरमा पाल्ने र दूध खाने, दूध दिन छाडेपछि बजारमा छोड्ने परिपाटीले समस्या थपिदै गएको हो । ‘भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपाया खेतमा रातीको समयमा पसेर उपद्रो मच्चाउदै आएको छ्’ स्थानिय गणेश थापाले भने– ‘किन खेती लगाएछु जस्तो लागिरहेको छ् । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।’ सोही ठाँउका तमान सिंह गुरुङ्गको समस्या पनि उस्तै छ् । वर्षभरिका लागि खान पुग्ने खेत एकै रातमा छाडा चौपायाले सखाप पार्न थालेपछि उनले खेतमा तारजालीले घेरबार गर्न तयारीमा रहेको बताए । ‘घेरवार गरे पनि खेती जोगाउन सकिएला जस्तो देखिन्न्’ तमान सिंह गुरुङ्गले भने– अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । नेताहरुले छाडा पशु चौपाया ब्यवस्थापन गर्छु भनेर भोट लगे ।


समस्या उस्ताको उस्तै छ् ।’ चुनावी नारा बनाएका उम्मेदवारले चौपाया व्यवस्थापनको लागि ठोस् कदम चाल्नु पर्नेमा उनले जोड दिए । नगरपालिकाले दीगोरुपमा व्यवस्थापन नगरेका कारण पशु चौपाया व्यवस्थापन चुनौतीकोरुपमा देखिएको छ् । नगर क्षेत्रमा अहिले सात सय बढी छाडा चौपाया रहेको एक अनुमान छ् । दोधारा चाँदनी नगरपालिकाको अधिकांश वडामा बसोबास गर्ने किसानका लागि छाडा चौपाया बिकराल समस्या बन्दै गएको छ् । चौपाया व्यवस्थापनका लागि स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन् ।







