जन्मदिनको उपलक्ष्यमा बालअनाथालयमा फलफुल वितरण


महेन्द्रनगर : दार्चुलाको मालिकार्जुन गाउँपालिकाका लेखापाल पुस्कर विष्टले विगतझै यसपालिको जन्मोत्सवका अवसरमा पनि अनाथ बाबबालिकालाई सम्झीएका छन् । हरेक वर्ष जन्म दिनको अवसरमा विभिन्न सामाजिक कार्य गदैँ आएको लेखापाल विष्टले २४ औँ जन्मोसवमा कञ्चनपुरको महेन्द्रनगर स्थित कञ्चन बाल अनाथालयलाइै फलफुल तथा मिठाई वितरण गर्नु भएको हो ।

No description available.

मालिकार्जुन गाउँपालिकामा कार्यरत विष्टले साथिहरुमार्फत अनाथल बालबालिकालाई चामन , दाल नुन- तेल स्याउ, मिठाई र रियल जुस वितरण गर्नु भएको हो । राष्ट्र सेवासँगै सामाजिक कार्य पनि गर्दै आएका लेखापाल विष्टले जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गर्न पाएकोमा खुसी व्यत्त गरे । लेखापाल पुस्कर विष्ट ‘जन्मदिनको अवसरमा भौतिक रुपमा उपस्थित हुन नसके पनि साथिहरु मार्फत सक्दो सहयोग गरेका छु ।’

उहाँले भन्नुभयो ‘जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सबैले सामाजिक कार्यमा लगाउनु पर्छ ।’ उहाँले महेन्द्रनगरका पत्रकार मदन गिरी, दिनेश सिंह महरा लगायतका आफ्ना साथिहरुमार्फत अनाथालयमा सहयोग गरेका हुन् । विगत २ देखि जन्मदिनको अवसरमा अनाथालयमा सहयोग गर्दै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img