दोधारा । दोधारा चाँदनी नगरपालिकाका स्थानिय नागरिकहरुको आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको छ । झण्डै १ वर्ष अघि मात्र दोधारा चाँदनी नगरपालिकामा स्थानियहरुको लागी स्वास्थ्यमा सहजताको लागी माहाकाली आरोग्य केन्द्र स्थापना भए संगै आयुर्वेदिक उपचारमा स्थानियहरुमा नागरिकहरुको पहुँच बढ्न थालेको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको एक कक्षमा एक वर्ष देखि नागरिक आरोग्य सञ्चालनमा रहेका छन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगपालिका कार्यालयको सहयोगमा दैनिकरुपमा आरोग्य केन्द्र संचालनमा रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । पछिल्लो समय आयुर्वेदिक उपचार पद्दतिमा नागरिकहरुको आकर्षण पनि बढ्दै गएको स्थानियहरुले बताउदै आएका छन् । उक्त सेवा केन्द्रमा दैनिक २० देखि २५ सम्म सेवाग्राही आउने गरेको आरोग्य केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले बताएका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उनको भनाई रहेको छ् । ‘आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।’ आरोग्य केन्द्र दोधारा चाँदनीका बैध राजु जोशीले भने । संघिय सरकारको नीति अनुसार यस कार्यक्रम अनुसार सबै स्थानिय तहमा आयुर्वेदिक उपचारमा स्थानियहरुमा नागरिकहरुको पहुँच बढाउन आरोग्य केन्द्र स्थापना गरिएको बताईएको छ् । आरोग्य केन्द्र दोधारा चाँदनीमा एक बैध सहित रश्मी कुमारी र अभिशेख पाँण्डे अध्यनकर्ता कार्यरत रहेका छन् । आयुर्वेदिक उपचार तथा औषधीका लागि भारत तथा सदरमुकाम आउनु पर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् । केन्द्रमा ग्यास्ट्रीक, बाथरोग, सुगर, पायल्स लगाएतका रोगीहरु आउने गरेको माहाकाली आरोग्य सेवा केन्द्र दोधारा चाँदनीले जनाएको छ् । आरोग्य केन्द्रमा २२ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अर्न्तगत पुर्व कर्म सेवा उपलब्ध गराईने केन्द्रको कार्यक्रम रहेको बताईएको छ् ।







