नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री लेखक घरदैलोमा : ९ दिन सम्म भेटघाटमा व्यस्त


दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश दत्त लेखकले आज देखि स्थानियहरु संग भेटघाट गर्दैछन् । दोधारा चाँदनी नगरपालिकाको सबै वडामा जनता संग प्रत्यक्ष भेटघाट गर्ने क्रममा आज वडा नं. ५ मा स्थानिय संग भेटघाट सकेका छन् । नगर क्षेत्रको दशै वडामा ९ दिन सम्म स्थानिय संग भेटघाटमा नेता रमेश दत्त लेखक व्यस्त रहने नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री लेखकको पुर्व कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिकाका सबै जनता संग प्रत्यक्ष भेट गरि जनताको गुनासो, समस्या संकलन गर्ने कार्यक्रम अनुसार आज देखि घरदैलोमा पुग्न थालेका हुन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ को बिष्ट टोल, शिवनगर टोल, शान्ती टोल, खड्का टोल, गौरा मन्दिर टोल, ईन्द्रा टोल, खत्री टोल, रेशमी टोल लगाएत टोलमा भेटघाट कार्यक्रम सम्पन्न गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र सिंह बिष्टले जानकारी दिएका छन् । हिजोनै नेपाली काग्रेंस वडा नं. ५ वडा कार्यसमितिले एक सुचना प्रकाशित गरि सबैलाई नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश दत्त लेखकको भेटघाट कार्यक्रममा सहभागी हुन आग्रह गरेका थियो । कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रमेश दत्त लेखक, नेपाली काग्रेंसका नेता गोपाल गुरुङ्ग, बेल बहादुर राना, राजेन्द्र मल्ल, नाफु सिंह साँउद, धन बहादुर शाही, दोधारा चाँदनी नगरपालिकाका उमपेयर गंगा जोशी लगाएत नेता तथा स्थानियहरुको उपस्थिती रहेको थिए । भोली अर्थात २३ गते वडा नं. ४, २४ गते वडा नं. ३, २५ गते वडा नं. २, २६ गते वडा नं. १, २८ गते वडा नं. ६, २९ गते वडा नं. ७, ३० गते वडा नं. ८, ३१ ग्ते वडा नं. ९ र ३२ गते वडा नं. १० मा पूर्व मन्त्री लेखकको स्थानियहरु संग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्टले बताएका छन् । ‘सबै वडाका टोल बस्तीमा पुगी स्थानीय जनता संग प्रत्यक्ष भेटघाट गरी समस्या सम्बन्धी जानकारी लिने कार्यक्रम छ’ कांग्रेस दोधारा चाँदनी नगर समितिका सचिव सचिव महेन्द्र बिष्टले भने ।

 


ताजा समाचार

spot_img