मिस ग्रान्ड २०२२मा कञ्चनपुरकी चेली कुमारी पुजा दमाई प्रतिष्पर्धामा

पुजालाई उपाधी जित्नको लागी धेरै भन्दा धेरै भोटको आवश्यक समेत रहेको हुँँदा उनले सबैलाई सहयोगको लागी अपिल गरिरहेकी छन

कञ्चनपुर : आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत वर्षेनि देशको प्रतिनिधित्व गराउँदै विश्वका विभिन्न देशका फरक फरक टाइटल मार्फत आफ्नो देशलाई चिनाउने प्रतिभाहरु उत्पादन गर्दै आएको छ । यसै क्रममा सुदुरपश्चिम बाट प्रतिीनधीत्व गर्दै मिस ग्रान्ड नेपाल २०२२ को उपाधीको लागि यतिबेला कञ्चनपुरकी चेली कुमारी पुजा दमाई प्रतिष्पर्धामा उत्रिएकी छिन ।
यतिबेला सयौ प्रतिस्पर्धीहरु बाट छनौट भएर मिस ग्रान्ड २०२२ को टप १६ मा परेकाहरु उपाधिका लागी कडा मिहेनत गरिरहेका छन । मिस ग्रान्ड २०२२ को टप १६ मा परेका प्रतिस्पर्धीहरुको लागी भोटिङ राउन्ड खुला भैइसकेको छ । सयौं बाट छानिएर उत्कृष्ट १६ भित्र पर्न सफल सुदुरपश्चिमकी चेली कुमारी पुजा दमाइले काठमाण्डौमा उपाधीको लागी प्रयासर्थ छीन । मिस ग्रान्ड २०२२ को उपाधीको लागी पुजाकोको मिहेनत, लगनका साथै तपाई हाम्रो साथ सहयोगको पनी आवश्यक्ता रहेको छ । पुजालाई उपाधी जित्नको लागी धेरै भन्दा धेरै भोटको आवश्यक समेत रहेको हुँदा उनले सबैलाई सहयोगको लागी अपिल गरिरहेकी छन । स्नातक तह अध्ययन गर्दै गरेकी पुजाले मिस ग्रान्डमा विजेता भए पश्चात अन्य ठुला प्लेटफर्म मा पनि आफ्नो प्रस्तुती दिन सहज हुने छ । सम्पुर्ण देशबासीले भोट गरेर सहयोग गरे अन्तराष्ट्रीय स्तरमा नेपालको नाम चिनाउने लक्ष्य राखेकी छन ।
यो भन्दा पहिले समेत थुप्रै प्रतिभाहरु जन्माइईसकेको सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै आएकी पुजाले म हजुरहरुकै छोरी चेली लाई यतिबेला मिस ग्रान्ड २०२२ को प्रतिस्पर्धामा भिडिरहेको हुदा याहाँहरुको भोटले नै आफ्नो आगामी यात्रा त्यहुने हुँदा सहयोगको लागी अपिल गरेकी छन । सबैले मलाई माया गरेर आफ्नो मोबाइलमा खल्ती एप डाउनलोड गरि कन्टेस्टेन्ट नम्बर १३ मा धेरै भन्दा धेरै भोट गरिदिनु हुन अनुरोध गरेकी छन । यही भाद्र २ गते सम्म भोट गर्न सकिने छ ।

ताजा समाचार