पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकामा गरीबीको रेखामुनि रहेका बादी घरपरिवारहरुलाई आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र बादी घरपरिवार बिच आज छलफल गरिएको हो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ जगबुडा नदीको पारि भारत संग जोडिएको सिमा बस्तीमा ७ घरपरिवार बादी घरपरिवार बस्दै आएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडा सदस्य तथा न्यायपालिका सदस्य कमला उपाध्याय्को एक टोली आज बादी बस्तीमा पुगेको थियो । बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन के गर्नु पर्छ भन्ने उद्धेश्यले अध्यनको लागी बादी घरपरिवार संग छलफल चलाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । बादी घरपरिवारहरु गाँउ बस्तीमा गएर माँगी खाने गर्दै आएका छन् भने कसैले भारतमा गएर ज्यालामजुरी गरि आफ्नो घरपरिवार चलाउदै आएका छन् ।


भारतमा ज्यालामजुरी गर्दा बादी घरपरिवारहरु धेरै जोखिममा पर्ने गरेको बादी परिवारले बताएका छन् । गाँउ, टोलमा सानो भएपनि रोजगारी पाउन सके भारत जाने र बस्तीमा माँगी खाने समस्या हट्ने स्थानिय रेशम बादीले बताए । ‘हामीले यहिनै सानो भएपनि काम पाउन पाए गाँउ, टोलमा माँगी खाने र भारतमा जोखिम रहेर काम गर्ने समस्या हट्ने थियो’ रेशम बादीले भने– ‘नेपाल सरकारले सानै भएपनि रोजगारीको ब्यवस्था गरिदिएको भए हाम्रो सदाको लागी पिडा सकिन्ने थियो ।’ वर्षातमा त्रिपाल मुनी बस्दै आएका बादी घरपरिवारलाई बिगतका दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), माईती नेपाल कञ्चनपुर, स्थानियहरुले ब्यक्तीगतरुपमा सहयोग गर्दै आएका हुन् । आफुहरुको पुर्खौली पेशाको रुपमा रहेको मादल बनाउने, हसिया, भाडा कुडा बनाउने लगाएत कार्यमा थोरै भएपनि स्थानिय सरकार तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग गरिदिएमा आफ्नो आफ्नो गुजारा राम्रै चल्ने बादी बस्तीका अगुवा बिरभाने बादीले बताएका छन् ।


बादी घरपरिवारहरुले दैनिकी संचालन गर्न निकै सकस रहेको बताउदै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले थोरै लगानी लगाएर भएपनि उनिहरुको पुर्खौली पेशालाई ब्यवसायिकमा जोड्न पहल गर्ने बताएका छन् । उनिहरुले जानेका सिपलाई ब्यवसायी बनाएर आर्थिक उन्नती तर्फ लग्न सके बादी घरमा उज्यालो ल्याउन सकिने अवस्था रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा छलफल चलाईएको हो । उनिहरुमा भएका सिप तथा कलालाई ब्यवसायीक बनाएर आत्मनिर्भर बनाउन सकिने सुद्धढ परियोजनाका कार्यक्रम संयोजक सुनारले बताएका छन् ।







