कृषकलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनीमा प्लाष्टिक टनेल बितरण


दोधारा । दोधारा चाँदनी नगरपालिका– १० का कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । तरकारीमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यावसायिक बनाएर उत्पादन वृद्धि गरिने उद्धेश्यका साथ दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहको पहलमा १० जना किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरिएको हो । टनेल पाउने कृषकले अनिवार्य रुपमा तरकारी उत्पादन गर्नु पर्नेछ् । तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकलाई बढी भन्दा बढी बेमौसमी तरकारी उत्पादनमा जोड दिनका लागि टनेल वितरण गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताएका छन् । वडाध्यक्ष सिंहको पहलमा बितरण गरिएको प्लाष्टिक टनेल.सही प्रयोग भए नभएको अनुगमन गरिने समेत बताईएको छ् । प्लाष्टिक टनेल बितरण कार्यक्रममा वडा सदस्य, स्थानिय किसानहरुको उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० मा कृषी उत्पादनको लागी राम्रो उर्वरक जग्गा भएको वडा मानिन्छ् । तरकारी खेती गरिरहेका कृषकहरुलाई बेमौसमी तरकारी खेती गर्नमा सहयोग पुगोस भन्ने सोचका साथ टनेल वितरण गरिएको वडाध्यक्ष सिंहले बताएका छन् । धनसरी मटवाला, भुपेन्द्र बुढा क्षेत्री, गोरे रोकाया, एन बहादुर सुनार, बिर बहादुर खड्का, दिनेश सुनार, नैना देबी थापा, प्रबिज खड्का, सानु सिंह, मन बहादुर भण्डारीलाई प्लाष्टिक टनेलबाट तरकारी उत्पादन गर्न सहयोग गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० वडा कार्यालले जनाएको छ् । ‘बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नको लागी प्लाष्टिक टनेल बितरण गरिएको छ्’ वडा सदस्य धन बहादुर थापाले भने । वडाध्यक्ष चन्द्र बहादुर सिंहले वडामा आफु निर्वाचित भए संग गरिब तथा बिपन्नहरुको पिडामा सहयोग पुर्‍याउदै आएको स्थानियहरुले बताएका छन् ।

 


ताजा समाचार

spot_img