दोधारा । दोधारा चाँदनी नगरपालिकामा रहेको सामुदायिक बिपद् ब्यवस्थापन समितीलाई बिपद् सामग्री बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ र वडा नं. १० स्थित रहेको सामुदायिक बिपद् ब्यवस्थापन समितिलाई बिपद् व्यवस्थापन सामग्री र कार्यालय ब्यवस्थापन सामाग्री बितरण गरिएको नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा कार्यालय प्रमुख मनोज प्रसाद उप्रेती जानकारी दिएका छन् । कुर्सी, दराज, लाईफ ज्याकेट, डोरी, बाकस लगाएत झण्डै रु. ४ लाख बराबरको बिपद् व्यवस्थापन सामाग्री र कार्यालय ब्यवस्थापन सामग्री दोधारा चाँदनी नगरपालिका वडा नं. ९ स्थित रहेको प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समिति र वडा नं. १० स्थित रहेको कुतियावकर सामुदायिक बिपद् ब्यवस्थापन समितीलाई बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सदस्य कमला उपाध्याय्ले बताएका छन् ।


अमेरिकन रेडक्रसको सहयोगबाट नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय मार्फत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको आयोजना र नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाको समन्वयमा उक्त सामग्री बितरण गरिएको दोधारा उपशाखा सदस्य उपाध्यायले बताएका छन् । सामग्री बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कंचनपुर जिल्ला शाखा कार्यालयका प्रमुख मनोज प्रसाद उप्रेती, लेखापाल ज्योती अवस्थी, दोधारा उपशाखाका सभापती राजेन्द्र मल्ल, सदस्य कमला उपाध्याय, कुतियावकर सामुदायिक बिपद् ब्यवस्थापन समितीका संयोजक टेक बहादुर सुनार, प्रगती सामुदायिक बिपद् ब्यवस्थापन समितिका संयोजक पुर्णा देबी कसेरा लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।







