दोधारा चाँदनी नगरपालिकाको टोल–टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गरिने


दोधारा । दोधारा चाँदनी नगरपालिकाले अबका दिन देखि सामाजिक सुरक्षा भत्ता नगरको टोल टोलबाट वितरण गर्ने भएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको पहलमा अब देखि टोल टोलमा सामाजिक सुरक्षा भत्ता बितरण गरिने भएको हो । अझै सम्म बैंक मार्फत भत्ता बितरण गरिरहदा दिन भर गर्मी तथा चिसोमा बैकमा लामो लाईन बस्नु पर्ने र वृद्ध–वृद्वाहरुबाट यसबारे गुनासोहरु आएकोले यसको सहजताको लागि मेयर लिम्बूले बैंक संग छलफल अघि बढाएका हुन् । नगरपालिकाको कार्यालयमा मेयर किशोर कमार लिम्बु र बैंकका प्रतिनिधिहरु संगको छलफल पछि अबका दिन देखि सामाजिक सुरक्षा भत्ता टोल–टोलमा गएर वितरण गरिने मेयर लिम्बूको सचिवालयले जनाएको छ् । ‘सम्पूर्ण नगरवासीमा अब बितरण हुने सामाजिक सुरक्षा भत्ता टोल टोल बाट बितरण हुने हुदा , यहाँहरु सबैलाई जानकारीका साथ साथै सहयोगको निम्ती हार्दिक अनुरोध गर्दछौं’ दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर कुमार लिम्बुको सचिवालयमा उल्लेख छ् ।


ताजा समाचार

spot_img