चालु बर्षमा प्रदेशकै केही गौरबका योजना सचालन हुनेछन ः आर्थिक मन्त्री रावल

कैलाली: सुदुरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ६६.६१ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ मा चालु तथा तथा पुँजिगत तर्फ ६६.६१ प्रतिशत बजेट खर्च गरेको हो ।
बुधबार आर्थिक मामिला मन्त्रालयले आर्थिक बर्ष २०७८/०७९ को बजेट सम्बन्धी प्रारम्भिक प्रगति बारे आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले कुल विनियोजियोत रकम मध्ये २० अर्ब ९६ करोड ६१ लाख, ९२ हजार रकम खर्च भएको जनाएको छ । पुँजिगत तर्फ मात्रै ११ अर्ब ९४ करोड, ९७ लाख रुपैया अर्थात ६४.२३ प्रतिशत खर्च भएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक बर्ष बर्षमा ३० अर्ब, ३३ करोड, ९४ लाख, ५५ हजार कुल बजेट मध्ये उक्त रकम खर्च भएको बताए ।
चालु तर्फ १२ अर्ब, ३८ करोड, ५४ लाख र पुुँजिगत तर्फ १७ अर्ब ६५ करोड ४० लाख र वित्तिय व्यवस्था तर्फ ३० करोड रुपैँया विनियोजन भएको बताए ।
गत आर्थिक बर्षमा संशोधित ३१ अर्ब ४७ करोड ५६ लाख ९० हजार रुपैया विनयोजित रहेको बताए । गत बर्षको प्रदेश सरकारको सञ्चित खातामा झण्डै ७ अर्ब, ५३ करोड, ३७ लाख रुपैया बजेट बचत रहेको समेत सचिव बस्नेतले बताए । गत बर्षकै ६० करोड २० लाख रुपैया भुक्तानी गर्न बाँकी रहेको बताए । ‘प्रदेश सरकारकै अन्य मन्त्रालयले आवश्यक र कानुन भन्दा बाहिरका योजना हामीले उत्तिखेरै काटिदिने गरेका छौँ, ‘सचिव बस्नेतले भने, ‘छुटपुट पनि थपिदिन्छौँ ।’ अन्य प्रदेशको तुलना सुदूरपश्चिम प्रदेश सरकारको पुँजिगत खर्चको टे«न्ड यस्तै रहेको समेत स्पष्ट पारेका छन ।
चालु आर्थिक बर्ष २०७९/०८० मा प्रदेश सरकारले ३६ अर्ब, ७४ करोड, ६४ लाख बजेट ल्याएको छ । चालु तर्फ १२ अर्ब, २९ करोड, ५९ लाख र पुँजिगत तर्फ २४ अर्ब, १४ करोड, ४७ लाख, वित्तिय हस्तान्तरण तर्फ १ अर्ब ३६ करोड ४० लाख र वित्तिय व्यवस्थापन तर्फ ३० करोड बजेट रहेको छ । चालु बर्षको स्रोत तर्फ आन्तरिक राजस्व परिचालन २ अर्ब, राजस्व बाँडफाँड ९ अर्ब, ६० करोड, ५१ लाख, संघीय रोयल्टी बाँडफाँड ४ करोड, ९३लाख, २८ हजार, वित्तिय समानीकरण अनुदान ९अर्ब, ७५लाख, सशर्त अनुदान ६अर्ब, ९८ करोड, ८० लाख, समपुरक अनुदान ७६ करोड ५० लाख, विशेष अनुदान ७९ करोड, ७८ लाख अनुमानित गरिएको छ । सचिव बस्नेतले चालु बर्षको बजेट १साउनदेखि नै कार्यान्वयनमा आईसकेको बताउदै पुँजिगत तर्फको बजेटमा केही प्रकृयागत रुपमा ढिलाई हुने बताए । कोरोना महाकाली, निर्वाचन सहित कर्मचारी अभाव सहित विवित कारणबाट विनियोजित बजेट खर्च हुन नसकेको सचिव बस्नेतले बताए । चालु बर्ष खर्च बढ्ने आर्थिक मामला मन्त्रालयको प्रक्षेपण छ ।
कार्यक्रममा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आर्थिक बर्षमा प्रदेशमा केही महत्वपूर्ण गौरबका योजना संचालन हुने बताए । मन्त्री रावलले खेलकुद, स्वाथ्य, पूर्वाधारदेखि जलविद्युतका महत्वपूर्ण योजना सचालनमा आउँने बताउदै विनियोजित बजेट खर्च हुने बताए ।
‘यस बर्ष मन्त्रालयले विषेश योजना प्राथमिकतामा राखेर संचालन गर्ने भएको छ, ‘मन्त्री रावलले भने, ‘खेलकुद, जलविद्युत स्वाथ्य एव पूर्वाधार क्षेत्रका योजना प्राथमिकताका साथ अघि बढ्ने भएका छन ।’ मन्त्री रावलका अनुसार कञ्चनपुरमा खेलकुद स्टडियम निर्माण गर्नेदेखि महाकाली, सेती र टीकापुर अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानकै रुपमा अघि बढाउने बताए । यसका साथै प्रदेशको दिगो विकासका लागि थुप्रै योजनामा बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला मन्त्रालयले प्रदेशकै गौरबको योजना संचालन गर्ने बताउँदै मन्त्री रावलले एकै पटक दुई हाईड्रो पावर संचालनका लागि कार्यविधी निर्माण भईरहेको बताए । मन्त्री रावलले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन आई जनतालाई प्रदेश सरकारको कामको अनुुभूुती हुने दावि गरेका छन । सबै मन्त्रालयमा बजेट सिलिङ पठाएर योजना माग गरिएको बताउँदै मन्न्त्री रावलले चालु बर्षमा प्रदेश सरकारबाट २हजार २२२ योजना कार्यान्वयनमा आउनेछन । बजेट कार्यान्वयमा सम्बन्धीत मन्त्रालयले समेत चासो दिएर ततारुकताका साथ अघि बढ्नुुपर्ने मन्त्री रावलको भनाई छ ।

ताजा समाचार