कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा गुरु पूर्णिमाको अवसर पारेर क्याम्पसका शिक्षकहरु लाई सम्मान तथा नमन् कार्यक्रम सम्पन्न भएको छ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै नेविसंघका नेता नरेश पण्डित र दिनेश भट्टको संयुक्त आयोजना मा गुरु पूर्णिमा तथा भानु जयन्तीको उपलक्ष्यमा खादा, टीका र मिष्ठान्न प्रकार खुवाएर सम्मान तथा नमन् कार्यक्रमको आयोजना गरेको हो। नेविसंघ विद्यार्थी नेताहरु नरेश पण्डित र दिनेश राज भट्ट सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा तेस्रो र चौथो वर्षमा वि.वि.एस अध्ययन गर्दै आएका नेविसंघ नेताहरु नरेश पण्डित र दिनेश राज भट्ट समाज रुपान्तरणका खम्बाका रुपमा समेत परिचीत रहेका छन् ।

कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका घर भएको उनिहरु हाल उच्च शिक्षाका लागि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी समेत हुन। सुदूरपश्चिम विश्वविद्यालयको इतिहासमा पहिलो पल्ट यो कार्यक्रमको आयोजना भएको हो । विद्यार्थी नेता भट्टले भने। यो कार्यक्रम गर्नुको मुख्य उद्देश्य हामीलाई ज्ञान, ध्यान, धैर्यता, सत्मार्ग, सत्बुद्धी साथै हौसला प्रदान गर्नु हुने सम्पूर्ण गुरुबर्ग मा हार्दिक नमन र व्यक्त गर्दै आशिर्बाद ग्रहण गर्न पाउँदा धेरै नै खुसी भएको बताए । यस्ता खालका कार्यक्रम ले आउने पिडिलाई समेत प्रेरणा दिने छ भन्ने आशा लिएको नेता भट्ट ले बताउन्छन्।
उक्त कार्यक्रममा व्यवस्थापन संकाय का डिन प्रा डा पदम राज जोशी , केन्दीय क्याम्पस का प्रिन्सिपल कुम्भ चन्द, इन्जिनियरिङ संकाय का विभागीय प्रमुख तोरण प्रसाद भट्ट, व्यवस्थापन संकाय का विभागीय प्रमुख शंकर दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो। भने उक्त कार्यक्रमका मुख्य सञ्चालक ने वि संघ का नेता दिनेश राज भट्ट र नरेश पण्डितले गरेका थिए।











