कञ्चनपुर उद्योग वाणिज्य संघमा पिताम्बर जोशी प्यानलै निर्वाचित

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका छन । वाणिज्य संघको १७ औँ कार्यकारणी समिति चयनका लागि शनिबार भएको निर्वाचनमा अध्यक्षमा पिताम्बर जोशी निर्वाचित भएका हुन । पिताम्बरले आफ्ना निकटतम प्रतिद्वन्दी गणेश दत्त जोशीलाई ५सय ५८ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर चन्दले आइतबार दिउँसो मत परिमाण घोषणा गर्दै अध्यक्ष पदका प्रतिस्पर्धी पिताम्बर जोशीले १ हजार २ सय ९९ र अर्का प्रतिसपस्र्धी गणेश दत्त जोशीले ७ सय ८३ मत ल्याएको बताए । पिताम्बरले वाणिज्य तर्फ ७६३, उद्योग तर्फ ५३६ र गणेशले वाणिज्य तर्फ ५०८, उद्योग तर्फ २७५मत पाएका थिए । वाणिज्य संघको नयाँ अध्यक्षमा निर्वाचित भएका जोशी यस अघि बरिष्ठ उपाध्यक्ष थिए, भने पराजित भएका गणेश दत्त जोशी अध्यक्ष भईसकेका हुन ।

यस अघि बरिष्ठ उपाध्यक्ष सुरेश रावल, जंग बहादुर मल्ल जस्तै बरिष्ठ उपाध्यक्षबाट अध्यक्षमा पिताम्बर जोशीले जितेका छन । तीन पदमा मात्रै निर्वाचन भएकोमा तीनै पदमा पिताम्बर जोशी प्यानल नै निर्वाचित भएका छन । बाणिज्य उपाध्यक्षमा धर्मसिह रावल र महासचिवमा खगेश्वर बोहरा निर्वाचित भएका हुन । वाणिज्य उपाध्यक्ष तर्फ धर्मसिह रावल निर्वाचित भएका छन । रावलले आफ्ना निकटतम प्रतिद्वन्दी बाशुदेव जोशीलाई २७०मतको अन्तरले हराउँदै वाणिज्य उपाध्यक्षमा निर्वाचित भएका हुन । रावलले ७सय ५८ र जोशीले ४सय ८८मत ल्याएका छन । सुदूरपश्चिमकै सफल उद्योगी व्यवसायीका रुपमा रहेका पिताम्बर जोशी संघमा सदस्य, बरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको यात्रामा पुगेका छन । उनलाई जिल्लाभरीबाटै उद्योगी व्यवसायीले साथ सर्मथन दिदै आएका थिए । महासचिवमा खगेश्वर प्रशाद बोहरा निर्वाचित भएका छन । बोहराले आफ्ना निकटतम प्रतिद्वन्दी निर्मला भट्ट(सापकोटा)लाई ४सय १मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन ।

बोहराले १ हजार २०१ र भट्टले ८सय मत ल्याएकी थिईन । निर्वाचनमा पनि अध्यक्ष पिताम्बर प्यानलकै तीनै जना पदाधिकारी निर्वाचित भएका छन । यस अघि संस्थापक सदस्य, खुला सदस्य र चार पदाधिकारीमा निर्विरोध निर्वाचित भएका थिए । पदाधिकारीमा पनि पिताम्बर प्यानलकै बरिष्ठ उपाध्यक्षमा दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, सचिव राहुल भट्ट, कोषाध्यक्ष चेतराज जोशी निर्विरोध निर्वाचित भएका थिए । संस्थापक सदस्य तर्फ नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडा निर्विनिर्वाचित भएका थिए । सात सदस्यका लागि २१ सदस्यले उम्मेदवारी दर्ता गराएका थिए ।

वाणिज्य संघको विद्यान अनुरुप साधारण सभामा अनुपस्थित भएकाको स्वत उम्मेदवारी रद्द भएपछि प्रदिप पाल, विशाल सोनार, भोजराज अवस्थी, प्रेम प्रकास पाठक मिनराज भट्ट, नरेन्द्र प्रशाद जोशी, गोपाल बुढापाल निर्विरोध चयन भएका थिए । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष पिताम्बर जोशीले आम व्यवसायीको हकहितका साथै संस्थागत विकास र जिल्लाकै आर्थिक सम्बृद्धिका लागि पहल गर्ने बताए । कुल ३ हजार २३६ मतदात मध्ये २ हजार १ सय ८४मत खसेका थिए । कम मत खसेको भन्दै उद्योगी व्यवसायी चिन्तामा थिए ।

ताजा समाचार

This will close in 10 seconds