दार्चुला : दार्चुला : लटिनाथ नमुना माबि लेकम गाउँपालिका वडा नम्बर ५ चन्दनपुर चौपाता दार्चुला जिल्लामा व्यवसायीक तालिम केन्द्रको उद्घाटन गरिएको छ । जापानी राजदुताबासको सहयोगमा निर्माण भएको चार सय मानिस अटाउने व्यवसायीक तालिक केन्द्र हलको आज एक औपचारीक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष माधवी जोशी र निर्वतमान गाउँपालिका अध्यक्ष परमानन्द जोशीको विशिष्ट आतिथ्यता रहेको थियो ।

छ वटै वडाका वडाअध्यक्षसहित जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाद्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्राचार्य केशवराज विष्टले आर्थिक बर्ष २०७६/७७ र ०७७/०७८ को बार्षिक प्रगति तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार २०७६ देखि ०७८ सम्म विद्यालयको कुल आम्दानी आठ करोड आठ लाख १७ हजार ९१६ रुपैया र खर्च पाँच करोड ९८ लाख ९७ हजार ७५८ रुपैया रहेको छ । विद्यालयको खुद बचत एक करोड ३१ लाख २० हजार १५७ रुपैया रहेको प्रधानाद्यापक बिष्टले बताउनुभयो । कक्षा १२ सम्म सञ्चालित लटिनाथ नमुना माबिमा विभिन्न छ वटा प्राविधिक कार्यक्रमहरुको समेत पठनपाठन हुदै आएको छ । विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत यो बर्ष केही विद्यार्थीलाई बाख्रा र माहुरी बितरण गरेको र आगामी दिनमा विभिन्न आयआर्जन र समाजसेवाका कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्ने तयारी रहेको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक र अतिथिहरुबाट विभिन्न सुझाबहरु प्राप्त भएका छन् ।

प्राचार्य बिष्टले सुझाबहरुलाई ग्रहण गर्दै कमजोरी सुधार गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भौतिक पुर्वाधारको क्षेत्रमा धेरै काम भएको बताउदै उहाँले अब विद्यालय प्रशासनको ध्यान शैक्षिक गुणस्तर सुधार र अनुशासन कायम गर्ने गराउनेतर्फ जाने बताउनुभयो । व्यवसायीक तालिम केन्द्रको निर्माण गर्ने अठोट बोकेका आदरणीय गुरु केशब बिस्ट ज्यु को सन्कप यो खोल्ने मात्र थिएन कि गरिब, दिन दुखी असहाय आपाङ , आमाबुवा बिहिन सम्पुर्ण बालबालिका को उजज्ल भबिस्य को परिकल्पना गर्दै आफ्नै देस मा विभिन्न ठाउँ मा आफुले उत्पादन गरेर बिद्यार्थी हरु रोजगारी मुलक आत्मा निरर्भर्ता बनाउन को निम्ति दिन रात नभनी शिक्षा क्षेत्रमा होमिनु भएका श्री लटिनाथ नमुना मा बि चन्दन्पुर चौपाता दार्चुला का प्रध्यानाध्यापक केशव राज बिस्टले शिक्षा क्षेत्र मा दिनु भएको योगदानको मुक्तकण्ठले प्रसंसा व्यक्त गर्दै विद्यालय का भुतपूर्व विद्यार्थी समेत रहेका विद्यार्थी नेता शंकर दत्त जोशीले हार्दिक बधाई तथा हार्दिक सुभकामना व्यक्त गरेका छन् ।











