कञ्चनपुर: कञ्चनपुरका युवा क्रान्तिकारी नेता दिपेन्द्र सिह ऐरी नेकपा बहुमत पार्टीको सहायक संगठन युवा जनस्वयमसेवक नेपालको केन्द्रीय चयनमा चयन भएका छन । बुधबार काठमाण्डौँमा सम्पन्न भएको युवा जनस्वयमसेवक नेपालको विशेष राष्ट्रिय भेलाबाट ऐरी केन्द्रीय सदस्यमा चयन भएका हुन ।

कञ्चनपुरका युवा नेता ऐरी जिल्लामा राजनीतिक एव समाजिक रुपमा सकृय छन । बहुमत निकट युवा संगठनको केन्द्रीय सदस्यमा जिल्लाबाट उनी एक्ला केन्द्रीय सदस्य हुन । उनले आफुलाई संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।











