कञ्चनपुरमा विभेदपूर्ण लिङ्ग छनौट नगर्न लेखिएको जनचेतना मुलक व्यानरहरु वितरण


महेन्द्रनगर  : कञ्चनपुरमा रेडियो महाकालीको सहकार्य र युएनएफपिएको सहयोग तथा सञ्चारिका समुहको समन्वयमा विभेदपूर्ण लिङ्ग छनौट नगर्न र छोरा छोरीको महत्व बराबर लेखिएको जनचेतना मुलक व्यानरहरु वितरण गरिएको छ । सोमवार रेडियो महाकालीका कर्मचारीहरुले आम जनताहरुको धेरै भिड हुने क्षेत्रहरु वडा कार्यालय, महाकाली प्रादेशिक अस्पताल, भिमदत्त नगरपालिका, जिल्ला प्रसासन कार्यालय र आमा समूहमा उक्त व्यानरहरु वितरण गरिएको रेडियो महाकालीका समाचार प्रमुख सुजित सिनालले जानकारी दिए ।

उक्त व्यानरमा “छोरी जन्मिनु पनि उत्सव र पर्व हो सिङ्गो परिवारको गर्व हो” छोरा छोरी दुबैले संघर्ष गर्छन, वंश धान्छन, मृत्यु संस्कार निभाउछन,आत्म निर्भर हुन्छन, बुढेसकालको सहारा हुन्छन,सुख दुखमा साथ दिन्छन,घरायसी काममा सघाउछन भन्ने जनचेतना मुलक भनाईहरु लेखिएका छन् । भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख नरेन्द्रराज जोशीले अहिले पनि सुदूरपश्चिममा छोराको रहरले गर्दा छोरीहरुले जन्म लिन पनि नपाउँदा अहिले धेरै क्षेत्रमा समस्याहरु देखा परिरहेको बताए । जन्मदरमा समस्या, छोराहरुको जन्म छोरी भन्दा बढी भई रहेको छ ।

बलात्कारका घटनामा वृद्धि हुनु महिलाको कमीले पछि गएर दिर्घकालिन बिभिन्न समस्या देशै भरमा देखा पर्ने उनले बताए । नेपालमा कानुन फितलो भएकै कारणले अहिले विभेदपूर्ण लिङ्ग छनौटका घटनामा वृद्धि भएको भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र सापकोटाले बताए । “यदी त्यस्तो कार्य गर्ने मेडिकल स्वास्थ्य संस्था अथवा परिवारलाई कानुनी कार्वाही गरिने हो भने अरु पनि सचेत हुने थिए ।” उनले भने, गत जेष्ठ २५ गते देखी २७गते सम्म धुलिखेलमा १० जिल्लाका पत्रकारहरुलाई विभेद पूर्ण लिङ्ग छनौट रोकथाममा पत्रकारहरुको भुमिका विषयक तिनदिने तालिम पश्चात पत्रकारहरुले जनचेतना फैलाउन र सचेत गर्न उक्त व्यानरहरु सञ्चारिका समुहले प्रदान गरेको थियो ।


ताजा समाचार

spot_img