लागु औषध सहित दुई जना पक्राउ

कञ्चनपुर : जिल्लाकाे बेलडाँडी गाउपालिका-३ राधाकृष्ण आधारभुत विध्यालय नजिक क्षेत्रबाट लागु औषध खैराेहिराेईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको मातहतमा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडी र झिलमिला बाट खटिएको सयुक्त टोलिले जेष्ठ २७ गते बेल्डाँडी गाउँपालिका– ३ राधाकृष्ण माध्यमिक विद्यालयबाट मोटरसाईल नं. लु ८४ प ८१०८ (वनटेष्ट) सहित वेदकोट –६ मुसेपानी बस्ने वर्ष १८ को विकास चौधरी र मोटरसाई पछाडी सवार भीमदत्त नगरपालिका –२ महौलिया बस्ने वर्ष २५ को सुवास चौधरीबाट सेतो प्लाष्टिकको थैली भित्र लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ६९० मिलिग्राम खैरो हेरोईन फेला परको थियो ।

निज दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds