काँग्रेस नेता सिहलाई युवा तथा खेलकुद विकास प्रमुखको जिम्मेबारी


कञ्चनपुर: नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिहलाई प्रदेशको युवा तथा खेलकुद विभाग प्रमुखको जिम्मेबारी दिईएको छ । काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले नेता सिहलाई युवा तथा खेलकुदल विभाग प्रमुखको जिम्मेबारी दिएको हो ।

प्रदेश सभापति बीर बहादुर बलायरले हस्ताक्षर गरेको पत्रमा विधानको धारा १३ उपधारा(१) बजोमि जिम्मेबारी दिईएको छ । काँग्रेस प्रदेश सदस्य समेत रहेका सिहले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । सिह यस अघि जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको उपाध्यक्ष भई काम गरिसकेका थिए ।


ताजा समाचार

spot_img