भारतले कब्जा गर्न खोजेको दोधारा जमुनाभाडी क्षेत्रमा नेपाली अधिकारीद्वारा स्थलगत अनुगमन


कञ्चनपुर : भारतीय पक्षले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ३ जमुनाभाडी क्षेत्रमा कब्जा गर्न खोजेको नेपाली भूमिमा नेपाल पक्षका अधिकारीले स्थलगत अनुगमन गरेका छन । बुधबार कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी, सुरक्षा निकाय, जनप्रतिनिधी सहितले स्थलगत अनुगमन गरेका हुन ।

दोधाराचाँदनी नगरपालिका ३का वडाध्यक्ष हरिसिह घनाडीले भारतीय पक्षबाट कब्जा गर्न खोजेको नेपाली भूमिमा नेपालका तर्फबाट कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक सिह भण्डारी र भारतीय पक्षबाट एसएसबी कमान्डेन्ट बृजपाल सिह नेगी, बन विभागका राजेन्द्र मनरलले संयुक्त अनुगमन गर्दै विवादित क्षेत्रमा विवाद समाधान गर्ने पक्षमा देखिएका छन ।

भारतीय पक्षले नेपाली भूमिमै पोल गाडेर बृक्षारोपण गरेर नेपाली भूमि अतिक्रमण गर्ने भारतीय प्रपञ्चलाई नेपाली पक्षबाट परास्थ पारिएको छ । भएकाले फेरीपनि गर्नुपर्नेमा जोडदिएका छन ।


ताजा समाचार

spot_img