पोखरामा एक महिलाद्वारा धर्मपुत्रीको हत्या गरेर आत्महत्या

पोखरा –पोखराको सिर्जनाचोकमा बुधबार एक महिला र बालिका कोठाभित्र मृत अवस्थामा भेटिएका छन । महिला कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा र बालिकालाई सलले बाँधेर हत्या गरिएको अवस्थामा भेटिएका हुन ।

चितवनको रत्ननगर नगरपालिका घर भई पोखराको सिर्जनाचोकमा वस्दै आएकी ३९ बर्षिया श्रीमति झुण्डिएको अवस्थामा भेटिएकी हुन । ४० बर्षिय संञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमति सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफुले पनि आत्महत्या गरेकी प्रहरीलाई बताएका छन ।

पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा भर्खर कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले वताएका छन ।

 

ताजा समाचार

This will close in 10 seconds