बेलौरीमा एमालेको अपराधिक जत्थाले उपमेयरका उम्मेदवार रानामाथि हमला गर्नु कायरतापुर्व हर्कत ः समाजवादी


 कञ्चनपुर, नेकपा एकीकृत समाजवादी कञ्चनपुरले बेलौरीमा ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको बताएको छ ।

समाजवादी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको बताएको छ । समाजवादी कञ्चनपुरका जिल्ला सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा हमलाको भत्र्सना गरेको छ । एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।

समाजवादी कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा एमाले बेलौरीका ४ का नेता एव उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ ।

समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । समाजवादीका जिल्ला सचिव धामीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घाईतेको उपचार र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेता कार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।No description available.


Loading Viewer...

ताजा समाचार

spot_img