“अविश्वासको मत बाट कुर्सी गुमाउने इमरान खान पहिलो पाकिस्तानी प्रधानमन्त्री”

धिरेन्द्र भट्ट/कञ्चनपुर : पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पास भएको छ। सनिवार राति संसदमा भएको मतदानमा खान बिरुद्धको अविश्वासको मत बहुमतले पारित भएको हो। अविश्वासको मत बहुमतले पारित गर्न १७२ मतको आवस्यकता थियो। ३४२ सदस्यता रहेको नेसनल एसेम्ब्लिमा १७६ संसदले अविश्वासको पक्षमा मत खसालेका थिए। खानको पार्टी तेहरिक-ए इन्साफको संसदमा १३३ सदस्यीय संख्या रहेको छ, खानले गठबन्धन बाट आफ्नो नेतृत्वको सरकार बनाएका थिए। उनलाई उनकै पार्टीका केहि सांसदहरुले अविश्वासको पक्षमा मत खसालेका थिए। यसअघि खान विरुद्ध संसदमा विपक्षी दलका सांसदहरुले गरेको अविश्वासको प्रस्ताव लाई उपसभामुखले बिदेशी षड्यन्त्रको संज्ञा दिँदै अस्वीकृत गरेका थिए।

पाकिस्तानको संविधानको धारा ५ मा रहेको व्यवस्था बमोजिम उपसभामुखले अविश्वासको प्रस्ताव अस्वीकृत गरेका थिए। उपसभामुखले अविश्वासको प्रस्ताव अस्वीकृत गरेलगत्तै खानले रास्ट्रपति समक्ष संसद विघटनको प्रस्ताव पेश गरेका थिए। पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गर्न नपाउने अधिकार उल्लेख गरिएको छ। तर अदालतले खान विरुद्धको अविश्वासको प्रस्ताव र संसद विघटन गर्ने निर्णय खारेज गरेका छन। पाकिस्तानमा अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षीय कार्यकाल सरकार चलाउन सकेका छैनन। खान सबैभन्दा लामो सरकार चलाउने सुचिमा ५औ नम्बरमा पर्दछन, पाकिस्तानमा लामो समयसम्म सरकारको नेतृत्व गर्ने शुचि यस प्रकार छ: १. युसुफ राजा गिलानी (४ बर्ष ८६ दिन) २. लियाकत अलि(४ बर्ष ६३ दिन) ३. नवाज सरिफ(४ बर्ष ५३ दिन) ४. जुल्फिकार अलु भुट्टो(३ बर्ष ३२५ दिन) ५. इमरान खान(३ बर्ष २३२ दिन) यो संगै खानले आफू नेतृत्वको सरकार विरुद्ध अबिश्वासको मत बहुमतले पारित हुनुमा अमेरिकाको भुमिका रहेको आरोप लगाएका छन। पाकिस्तानको नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो नेसनल एसेम्ब्लिको बैठक बोलाइएको छ।

ताजा समाचार

This will close in 10 seconds