महाकाली अस्पतालका निर्वतमान अध्यक्ष बोक्सर सम्मानित


कञ्चनपुर : महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निमित्त अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई सम्मान गरिएको छ । अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशले महाकाली अस्पतालका निअध्यक्ष बोक्सरलाई सम्मान गरेको हो । बोक्सरले आफ्ना कार्यकालमा अस्पताल सुधार एव कोरोना रोकथामका लागि उच्च भूमिका निर्वाह गर्दै सुदूरका जनताको स्वाथ्यलाई ख्याल गरेर काम गरेको भन्दै सम्मान गरेको हो शनिबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ सुप प्रदेशको प्रथम सम्मेलनमा बोक्सर र अस्पताललाई सम्मान गरिएको
हो ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ फ्याक्सन इन्चार्ज कल्पना थमला, महासंघका केन्द्रीय अध्यक्ष डा. कृष्ण सागर शर्मा (पौडेल), लगायतले दोसल्ला र प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए । यस अघि पनि विभिन्न सरकारी गैर सस्थाहरुलले महाकाली अस्पतालका नि अध्यक्ष बोक्सल अस्पताललाई रिर्फर सेन्टर बाट साच्चिकै अस्पताल बनाउन भुमिका निर्वाह गरेको भन्दै सम्मान गर्दै आएका थिए । सरकारी गैर सरकारी विभिन्न क्षेत्रबाट सम्मान पाईरहेका महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका निमित्त अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले थप हौसला प्रदान भएको बताएका छन ।


ताजा समाचार

spot_img