एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ


कञ्चनपुर : कञ्चनपुरका विभिन्न ६ राजनीतिक दल सहित २ दलिय मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका छन । बिहीबार दिउँसो नेकपा विप्लव, बैद्य, जनमोर्चा सहितका दल र तिनका मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती एमसीसी खारेजीको माग अघि सारेर महेन्द्रनगर बजारमा बिरोध प्रर्दशनका साथै प्रशासन घेराउ गरिएको बताए । विप्लव युवा नेता ऐरीका अनुसार राष्ट्रघाती एमसीसी पास गराउनका लागि सत्ताधारी काँग्रेस, प्रमुख प्रतिपक्षीय दल एमाले सहित मरिहत्ते गरिरहेको भन्दै त्यस बिरुद्धमा विप्लव सहितका दल राष्ट्रवादी मोर्चाले कञ्चनपुर सहित देशभरी बिरोध प्रर्दशनका साथै प्रशासन घेराउ गरिएको बताए ।
नेता ऐरीले एमसीसी राष्ट्रघाती भएकाले त्यस बिरुद्धमा दिनप्रतिदिन जनसागर उत्रिर्दै आएको बताउदै राष्ट्रघाती सम्झौतामा विपक्षी दल एमाले सहितको मौन सर्मथनले थप सनसचियता उत्पन्न गरेको बताए । कोण सभामा नेकपा विप्लव कञ्चनपुरका सचिव जिपन, जनमोर्चा अध्यक्ष राम कार्की, माओवादी क्रान्तिकारीका सचिव कैलास, ग्रेटर नेपालदका उपाध्यक्ष गजेन्द्र पाण्डेले सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनताका विषयमा आफुहरु चुप लागेर नबस्ने जनाउँदै राष्ट्रियताका लागि एकजुटमा जोडदिएका छन । मोर्चाले आन्दोलनर निरन्तर जारी राख्ने जनाएको छ । बिहिबार बस्ने संसद समेत स्थित भएको छ ।

Loading Viewer...

ताजा समाचार

spot_img