अंशु बर्माको ‘सकेको गुन तिरौँला’को म्युजिक भिडियो सार्वजनिक

महेन्द्रनगर : सामाजिक सञ्जाल टिकटकबाट चर्चा कमाएको भीमदत्त नगरपालिकाको स्थानीय समेत रहेका अंशु बर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बुधबार टिकटक स्टार बर्माको ‘सकेको गुन तिरौँला’ गितको भिडियो सार्वजनिक भएको हो । बर्माले मोडिलिङ गरेको उक्त म्युजिक भिडियोमा सुस्मीता पन्त को–एक्टरको भुमीकामा देखिएकी छिन् । गायक टेक बिसी र गायिका एलिना चौहानको स्वर रहेको उक्त म्युजिक भिडियोको निर्देशन सतिश सेनाले गरेका हुन । त्यस्तै गितको लेखन तथा कल्पनाकार भने दिपसेना बर्माले गरेका हुन् ।

महेन्द्रनगरको विभिन्न स्थानमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियो बर्माको आफ्नै अंशु बर्मा युटुब च्यानलबाट रिलिज गरिएको हो । टिकटक र कलाकारितासँगै बर्मा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् महेन्द्रनगरमा आयोजिक पत्रकार सम्भेलनमा बर्माले टिकटकमार्फत गरेको आम्दानीबाट गरेको सामाजिक कार्यबारे पनि जानकारी दिईएको थियो । बर्मा र उनको टिमले कञ्चनपुर मात्रै नभई कैलाली पुगेर पनि विभिन्न महिला, वृद्ध तथा अनाथ बालबालिका सेवा केन्द्रलाई सहयोग गदैँ आईरहेको छ ।

महाकाली नदीमा बेमौसमी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएकोलाई बर्माले तत्काल खाद्यान्न सहयोग गरेका थिए । ‘म र मेरो टीमले कलाकारीतासँगै दिनदुखीहरुको सहयोगका लागि सामाजिक कार्यलाई पनि निरन्तर अगाडि बढाउदैँ आएको छ ।’ बर्माले भने ‘नयाँ म्युजिक भिडियो दर्शकले मन पराई दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।’ टिकटक लाईभबाट आएको आम्दानीबाट उनले सामाजिक कार्य गदैँ आईरहेका छन् ।

ताजा समाचार

This will close in 10 seconds