कञ्चनपुर: एमसीसी बिरुद्धमा मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा नेकपा एकीककृत समाजवादी र माओवादी केन्द्र निकट युवा–विद्यार्थी संगठनको आन्दोलनमा प्रहरीले गरेको दमनको भत्र्सना गरिएको छ । नेकपा (एकिकृत समाजवादी) पाटी जिल्ला कार्य समिति कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै एमसीसी बिरुद्धको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको भत्र्सना गरिएको हो । राष्ट्रघाती एमसीसी बिरुद्धको शान्तिपुर्ण आन्दोलनमा विद्यार्थी र युवालाई लक्षित गर्दै गुण्डागर्दी शैलीमा कञ्चनपुर प्रहरीद्वारा गरिएको हमाला प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समाजवादी कञ्चनपुरको जारी विज्ञप्तीमा पुर्वाग्रही मानसिकताका साथ ठाडो हस्तक्षेप गर्दै आन्दोलन नेतृत्व गरिरहेका युवा संगठन नेपालका जिल्ला सह संयोजक मुकेस सिह, अनेरास्ववियूका जिल्ला अध्यक्ष रमेश पन्त, सह संयोजक प्रज्वल कुँवर, वाईसियल जिल्ला सचिव तिलक जप्रेल, क्रान्तिकारीका जिल्ला अध्यक्ष कैलाशचन्द्र गिरी सहितका नेताहरुमाथि भएको दमनको भत्र्सना गरेको हो । नेकपा (एकिकृत समाजवादी) पाटी कञ्चनपुरका सचिव हरक सिह धामीले हस्ताक्षर गरेको विज्ञप्तीमा अव उपरान्त यस्ता तानाशाही प्रवृति नदोहो¥याउन चेतावनी दिदै दोहोरिए कडा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ ।







