एमालेका प्रभावशाली युवा समाजवादीमा प्रवेस


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका प्रभावशाली युवा नेताले एमाले परित्याग गर्दै नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेस गरेका छन । एकीकृत समाजवादी पाटी निकट युवा विद्यार्थी नेता रमेश पन्तले एमालेबाट युवाहरु समाजवादी प्रवेस गर्नेहरुको ओईरो लागेको बताए । नेता पन्तका अनुसार बुधबार एक कार्यक्रमका विच भीमदत्त, बेदकोटबाट एमाले छाडी समाजवादी पाँच युवाले प्रवेस गरेका छन ।

बेदकोट नगरबाट प्रविन बोगटी, महेन्द्र महतरा, भीमदत्त नगरबाट महेश बहादुर सिह (मिलन), जयसिह नेगी, किशन चन्दले एकसाथ एमाले परित्याग गरेर समाजवादी प्रवेस गरेका छन । उनीहरुलाई समाजवादी कञ्चनपुरका इन्चार्ज लाल बहादुर खडका, सह इन्चार्ज प्रकास रावल, सचिव हरक सिह धामी, उप सचिव राजेन्द्र पाण्डे, समाजवादीका नेताहरु बिर बहादुर बुढाथोकी, कृष्णानन्द, प्रेम बहादुर सिह, विष्ना भट्ट, महेशराज जोशी सहितले स्वागत गरेका छन । एमाले छाडेका नेताहरुले एक प्रेस विज्ञप्ती समेत जारी गर्दै एमाले परित्याग गरेर कम्यूनिष्ट पार्टी बलियो बनाउनका लागि नेकपा एककीकृत समाजवादीमा प्रवेस गरेको घोषणा गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img