कञ्चनपुर : भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी नागरिकलाई जमिन दिनका लागि कञ्चनपुरको बेदकोट नगरमा जमिन नापजाँच हुने भएको छ । बेदकोट नगरपालिकाले मंगलबारदेखि भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी नागरिकलाई जमिन दिनका लागि कञ्चनपुरको बेदकोट नगरमा जमिन नापजाँच हुने भएको हो । सोमबार बेदकोट नगरपालिकाले नगर क्षेत्रका राजनीतिक दल, राष्ट्रिय भूमि आयोग, जिल्ला प्रशासन सहितका अधिकारी निकायको सर्वदलिय सर्वपक्षित बैठकबाट अव्यवस्थित बसोबासीको जमिन खोज्ने निर्णय भएको छ । बेदकोट नगरका मेयर अशोक कुमार चन्दले सर्वदलिय सर्वपक्षिय बैठकबाट भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी नागरिकलाई जमिन दिनका लागि नापचाँज गर्ने निर्णय भएको बताए ।


‘नगरपालिकामा सम्पन्न भएको सर्वदलिय बैठकबाट मंगलबारदेखि नै अव्यवस्थित बसोबासीको हकमा जमिन नाप्ने निर्णय भएको छ, ‘मेयर चन्दले भने, भूमिहिन दलित र सुकुमबासीको हकमा थप प्रमाणित गरेर जमिन खोज्न सरकारसंग अनुरोध गछौँ ।’ मेयर चन्दले पहिलो दिन १नम्बर वडाबाटै जग्गा नापजाँच हुने गरिने बताए । ‘केही दिन बेदकोट नगर १ बाट शुरुवात गछौँ, ‘मेयर चन्दले भने, ‘केही दिनभित्रै पुरै वडाहरुमा नाँपजाँच गछौँ ।’


बेदकोट नगरपालिकाले अझैपनि छुटफुटका लागि ३५ दिने सुचना जारी गरेको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुङगाना, प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, भूमिसुधार, नापी मालपोत सहितका सम्बन्ध अधिकारी सहितका राजनीतिक दलको सहभागिता रहेको थियो । बेदकोट नगरमा अव्यवस्थित बसोबासी ८ हजार ७ सय २, सुकुमबासी १ सय ९३ र भूमिहिन दलित ३ सय १४ रहेका छन । बेदकोट नगरमा भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने भएपछि स्थानीय हर्षित भएका छन ।







