‘मलास देवताहरुको सभा गर्ने पवित्र भूमी’ ः नेपालका प्रथम ऐतिहासिक जगत गुरु श्री मोहनशरण देवाचार्य महाराज


महेन्द्रनगर : नेपालका प्रथम ऐतिहासिक जगत गुरु श्री बालशन्त मोहनाचार्य महाराजले डडेल्धुरा जिल्लाको परशुराम ननगरपालिका–७ स्थीत रहेको मलास गाउँ देवताहरुको सभा गर्ने पवित्र भूमी भनी धार्मिक ग्रन्थहरुमा उल्लेख भएको बताए । विकासका पुर्वाधारले पछि परेको तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र मलासस्थीत श्री सिद्धनाथ माध्यमिक विद्यालयको प्रांगणमा छोटो प्रवचन दिदै जगत गुरु श्री मोहनाशरण देवाचार्य महाराजले उक्त कुरा बताएका हुन ।

झिलिमिला, महकाली, परशुराम कुण्ड, भीमकुण्ड, भम्केनी धाम, लगायतका महत्वपूर्ण तिर्थस्थलहरु वरिपरि रहेको उक्त भूमिमा सिद्धनाथ बैजनाथ लगायतका प्राचिन तिर्थस्थल एवं मन्दिरहरु रहेको तर प्रचार प्रसार र अध्ययनको कमिले गुमराहमा रहेको जगत गुरुले बताए । उनले झण्डै दुई घण्टा प्रबचन दिएका थिए । अहिंसा र राष्टवादको उकालत गर्दै जगत गुरुले नैतिक शिक्षामा आधारित हिन्दु सामाज निर्माणमा जोड दिएका उनले महाकाली, गोदावरी, सेती, कर्णाली, भेरी, बागमती, सेती नदीहरुमा गंगा स्नान गर्नाले के कस्तो फल प्राप्त हुने र के कसरी ति ठाँउ तिर्थस्थल भएको बारे जानकारी दिए ।

उनले परशुराम धाममा गंगा स्नान गर्नाले मानव जीवनमा जानी नजानी गरिएका जीवहरुको हत्याबाट लाग्ने पाप नास हुने बताए । तर सधै पाप गर्दै स्नान गर्दै गर्नेलाई भने फल नमिल्ने समेत जगत गुरुले बताए । प्रवचन कार्यक्रममा गुरुको दर्शनगर्न परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउद पनि दलवलसहित आउनु भएको थियो । प्रबचन कार्यक्रममा विभिन्न ठाँउबाट भक्तजन मलासका स्थानियको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमा जगत गुरुका प्रवक्ताले संञ्चालन गरेका थिए भने स्वागत मन्तव्य स्थानिय समाजसेवि पदम बोहराले गरेका थिए ।


ताजा समाचार

spot_img