कञ्चनपुर : नेकपा विप्लव निकट युवक संगठनले संसदलाई राष्ट्रघाती सम्झौता पारित नगर्न सुझाव दिएको छ । युवक संगठन नेपाल कञ्चनपुरले समेत जिल्लाबाट प्रतिनिधी सभा सदस्यहरुलाई सुझाव दिएको हो । युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र सिह ऐरीले एमसिसी राष्ट्रघाती सम्झौता भएकाले त्यसको विपक्षमा दृढ रुपमा उभिन सुझाव दिएको बताए ।

उनका अनुसार संसद दिपक प्रकास भट्टको घरमै गएर अन्य संसदहरुलाई म्यासेन्जर मार्फत सुझाव पेश गरेको बताए । युवा संगठन कञ्चनपुरका नेता ऐरले एमसीसी बिरुद्धमा आइतबार समेत कञ्चनपुर सहित देशभरी बिरोध प्रर्दशन हुने बताए ।







