मुख्यमन्त्री भट्टः संघीय सरकार सुस्ताएर नै साँझा अधिकारका काम रोकियो


महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकार सुस्ताएर नै साझा अधिकारका काम रोकियको बताएका छन् । ७२औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले प्रदेश सरकार गठन भएको चार बर्ष पुरा हुँदा पनि संघीय सरकारको सुस्त भएकाले अहिले सम्म पनि साँझा अधिकारका काम अघि बढ्न नसकेको जिकिर गरे, संविधानले एकल अधिकार र साँझा अधिकार दिएको र अहिले पनि साँझा अधिकारका कानून नबन्दा समस्या भएको उनले बताए ।

संघीय सरकारले उक्त विषयलाई अगाडी नबढाउनाले समस्या भएको संघीय सरकार यो कुरामा चुकेको र यस्तै कारणहरुले गर्दा प्रदेशलाइ समस्या भएको जिकिर गरे ।’ साँझा अधिकारको कानून नबन्दा सुदूरपश्चिममा प्रहरी समायोजन समेत अहिलेसम्म हुन नसकेको उनले बताए। यस्तै उनले संघीय निजामती ऐन नआएकोले कर्मचारी भर्नामा पनि अप्ठ्यारो भएको दाबी गरे।


Loading Viewer...

ताजा समाचार

spot_img