कञ्चनपुरमा जेष्ठ नागरिकका पिडैपिडा, भत्ता नपाएको ८ महिना बित्यो, उपचार नपाएर समस्या


कञ्चनपुर: कञ्चनपुरमा जेष्ठ नागरिकहरुलाई पिडा र समस्या भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । जिल्ला समन्वय समितीको हलमा शुक्रवार राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा राज्य तथा नियमन निकायले जेष्ठ नागरिकहरुलाई समस्या तथा दुख दिने निति नियमहरु निर्माण गरेको जेष्ठ नागरिकहरुले बताएका छन् । कञ्चनपुरमा विगत ८ महिना देखी जेष्ठ नागकिर, दलित, एकल महिला अपाङगता भएका व्यक्तिहरुले पाउनु पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएको गुनाशो गरेका छन् ।

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल का ेकेन्द्रिय उपाध्यक्ष गंगाराम गिरीले भीमदत्त नगरपालिकामा ७० बर्ष पुगेको १ हजार २ सय ७० र अन्य गरी २ हजार ३ सयजनाले विगत ८ महिना देखी सामाजिक सुरक्षा भत्ता नपाएर समस्यामा रहेको बताए । एकातिर परिवार छोराबुहारीबाट अपहेलित भएर समस्यामा रहेका जेष्ठ नागरिक र बिरामी भएर उपचार नपाएर भत्ताको पैसा आएपछि उपचार गरौला खाना खाउला भनेर बसेका पिडित वृद्धवृद्धाहरुले भत्ता नपाएर पिडा र समस्यामा दिन गुजारी रहेका छन् उनले भने, भीमदत्त नगरपालिकाले भत्ताको कार्ड नविकरण नगरेकाले भत्ता दिन नसकिएको बताए नगरपालिकाले निकाले नविकरण सम्बन्धी सुचना जेष्ठ नागरिकहरुको पहुँच भन्दा बाहिर भएकाले नगरपालिकाले यस्मा सहयोग गरिदन उनले अनुरोध गरे ।

सरकारले दिने गरेको भत्ता बैंक मार्फत नभएर वडा कार्यालय मार्फत र जनप्रतिनिधीहरुले घरघरमा गएर वितरण गर्नुपर्ने जेष्ठ नागरिकहरुको माग रहेको थियो । बैंकमा गएर लाईन बस्न नसक्ने अवस्थामा रहेका जेष्ठ नागरिकहरुको सजिलोका लगि जनप्रतिनिधी मार्फत हातहातमा बाडन दिनुपर्ने माग रहेको छ । सरकारले ७० बर्ष उमेरका जेष्ठ नागरिकहरुलाई निशुल्क औषधी उपचार यातायातमा ५० प्रतिशत छुट भनेर भनेपनि व्यवहारमा लागु नभएको राष्ट्रिय जेष्ठ नागरिक समाज नेपाल कञ्चनपुरका अध्यक्ष धनबहादुर खडायतले बताए । यस्तैगरी, उपचार गर्न जाँदा अस्पतालहरुमा लाईन बसु पर्ने र बिमा गरेको कागजात तथा जेष्ठ नागरिकको कागजात देखाए पनि औषधी नपाउने गरेको उनिहरुले गुनाशो पोखे, ओछयान छोडन पाउँदैन, वृद्धाआश्रम चाहिँदैन आफनो मुल नारा रहेपनि अहिले संचालनमा रहेको वृद्धाआश्रमहरुले कमाई खाने भाँडो बनाएर संचालन गरेको र जेष्ठ नागरिकहरुको उचित स्याहार सम्भार नगरेको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img