कञ्चनपुर : अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयका बेथिति बिरुद्धमा ताकेता गर्दा समेत पदाधिकारीले गैर जिम्मेबारी र नालायकीपन देखाएको भन्दै भत्र्सना र निन्दा प्रकट गरेको छ । विश्वविद्यालय पदाधिकारीले विभिन्न समयमा गरिरहेको गैर कानुनी गतिबिधी बिरुद्धमा क्रान्तिकारीले तोकेता गर्दा पनि फेरी फेरी विश्वविद्यालयले गल्ती नसच्याउने र दोहो¥याउँदै आएकोप्रति आपत्ति जनाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न समयमा क्रान्तिकारी र विश्वविद्यालय विच भएका सहमती कार्यान्वयन गर्नुको साटो एकपछि अर्को गल्ती गरेर विश्वविद्यालय धरासायी बनाउन खोजेको आरोप लगाएको छ ।

विश्वविद्यालय दोहन गर्नका लागि भागबण्डा गरेर प्राध्यापक संघ संगठनबाट आलोचित हुनबाट चोखिन खोजिएको क्रान्तिकारीको ठहर छ । बेतिथि बिरुद्धमा क्रान्तिकारीले तालाबन्दी गरेको स्मरण गराउँदै महिनौ वितिसक्दा पनि वार्ता र सहमती गर्नुको साटो विश्वविद्यालय जिम्मेबारीबाट पन्छिन खोजेको जनाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा माग पुरा गर्न अनुरोध गर्दै क्रान्तिकारीले शैक्षिक सुधारका लागि ल्याएका मागप्रति वेवास्ता गरेर आन्दोलनको चेतावनी दिएको छ ।







