२२ दिने स्थलगत ब्यवसायीक ब्यवहारिक कुखुरा पालन तालिम शुरु


कञ्चनपुर : पशु सेवा तालिम केन्द्र धनगढी कैलालीद्धारा कञ्चनपुरमा स्थलगत ब्यवसायीक ब्यवहारिक कुखुरा पालन तालिम, कृषक/ब्यवसायी स्तर २२ दिने तालिम शुरु गरेको छ । बिहिबार कञ्चनपुर भीनपा १५ तल्लो गोवरैया स्थीत शुक्लाफाँटा एग्रो एलिभेटिभ नेपालको कुखुरा फार्ममा तालिमको उदघाटन गरिएको हो ।

सुदूरपश्चिम प्रदेश स्तरिय कुखुरा ब्यावसायीको सहभागिता रहेको उक्त तालिम २२ दिन सम्म सञ्चालन गरिनेछ । स्थलगत रुपमै कुखुरा पालन तथा खोर ब्यवस्थापन सम्बन्धी जानकारी तालिममा सहभागी ब्यवसायीले प्रत्यक्षरुपमा लिन सजिलो हुने भएकोले यस प्रकारको तालिम सञ्चालन गरेको तालिम केन्द्र प्रमुख चन्द्रकान्त पन्तले बताए ।

कृषिपेशा मार्फत आर्थिक समृद्धी ल्याउन यस्ता तालिम सहयोगी हुने भएकोले सहभागीहरुले प्रत्यक्षरुपमा फाईदा लिन सकिने शुक्लाफाटा एग्रो एलिभेटिभ नेपालका कुखुरा फार्मका प्रजापति नेगीले बताए । तालिममा सहभागीहरुले कुखुरा ब्यवसायको समस्यालाई समाधान गर्न तालिमले मद्दत मिल्ने बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img