कञ्चनपुर: जनयुद्ध दिवसको अवसर पारेर कञ्चनपुरमा अखिल क्रान्तिकारीले रक्तदान गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले आइतबार जनयुद्ध दिवसको अवसर पारेर रक्तदान गरेको हो । २७ औँ जनयुद्ध दिवसको अवसरमा अखिल क्रान्तिकारीले रक्तदान गरेको हो । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले दिवसको अवसर पारेर समाजिक काम गरेको बताए ।

‘यो कोरोनाको तेस्रो लहर पनि चलिरहेको छ, ‘उनले भने, ‘जताततै रगत अभाव छ, बिरामीलाई संकट भयो, ‘उनले भने, ‘जनयुद्ध दिवस र रगत अभावलाई मध्य नजर गरेर रक्तदान गरेका हौँ ।’ शुरुमै महाकाली अस्पतालका निर्वतमान अध्यक्ष एव माओवादी नेता कृष्णदत्त जोशी(बोक्सर)ले रगत दिएका थिए । रक्तदानमा क्रान्तिकारी विद्यार्थी सहित माओवादी युवाका नेता कार्यकर्ताहले रगत दिएका थिए । जनयुद्ध दिवसलाई समाजिक काम गरेर मनाएको क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष गिरीले बताए । सहिद सप्ताहमा समेत विवित समाजिक काम गरेर दिवस मनाउने क्रान्तिकारी जिल्ला अध्यक्ष गिरीले बताए ।







