कञ्चनपुर : तत्तकालिन माओवादी पार्टीले आजभन्दा झण्डै अढाई दशक अघि आमूल परिर्वतन, दिगो विकास र सम्बृद्धिका लागि तत्कालिन माओवादी पार्टी जनयुद्धमा होमिएको दिन हो । माओवादीले थालेको जनयुद्धको शुरुवातको दिनलाई जनयुद्ध दिवसकै रुपमा मनाउने गरिन्छ । जनयुद्ध दिवसको स्मृतिमा हरेक १ फागुनमा दिवस मनाउँदै आएका छन । विगत युद्धकालिन समयमा समेत जनयुद्ध दिवस मनाईन्थ्यो । अहिलेपनि त्यसलाई माओवादी धार तर्फका पार्टी नेता कार्यकर्ताले मनाउँदै आएका छन मुलुकमा एकतन्त्रिय राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य गर्दै नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने संकल्पका लागि थालिएको जनयुद्धलाई उत्सवकै रुपमा मनाउन थालिएको छ ।

०५२ सालमा जनयुद्ध घोषणा गरेर माओवादी युद्धमा होमिएको थियो । दोस्रो जनआन्दोलन २०६२÷०६३ यता विस्तृत शान्ति सम्झौता पश्चात युद्ध रोकिएको थियो । जनआन्दोलन पश्चात पहिलो दोस्रो संविधान सभा निर्वाचनबाट सविधान बन्यो । नयाँ संविधानसंगै प्रतिनिधी र प्रदेश सभा निर्वाचन पश्चात मुलक संघीय शासन प्रणालीमा गएको छ । तत्कालिन माओवादीले जनयुद्धकै बेला शान्ति प्रकृयामा आईपुग्दासम्म जनयुद्ध दिवसलाई भव्यताका साथ मनाउँदै आएको छ । यस बर्ष पनि स्वदेश तथा विदेशमा समेत २७ औँ जनयुद्ध मनाउँदा सम्म नेकपा माओवादी पार्टी टुटफुटमा परिणत भएपनि उनीहरुले जनयुद्ध दिवसलाई निरन्तरता दिदै आएका छन् । नेकपा माओवादी केन्द्र, नेकपा क्रान्तिकारी बैद्य माओवादी, नेकपा विप्लव सहितमा माओवादी धारतर्फ जनयुद्धमा होमिएका नेता कार्यकर्ताले दिवस मनाउने भएका छन । माओवादी लिगेकी छाडेर अर्को पार्टीमा गएका पुर्व जनमुक्ती सेना सहितका नेता कार्यकर्ताले नमनाउने भएमका छन । एमाले–माओवादी एकता भएर नेकपा हुँदा समेत फागुन १ गते जनयुद्ध दिवस मनाईएको थियो ।

यस बर्ष समेत जनयुद्ध दिवस धुमधामका साथ मनाउने भएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरले समेत जनयुद्ध दिवस जिल्लाभरी मनाउने भएको छ । माओवादी केन्द्र कञ्चनपुरका नेता देवेन्द्र ढुङ्गानाले पार्टी कमिटि, विभिन्न जनबर्गिय संघ संगठनले जनयुद्ध दिवसमा सहिदको स्मृति सहित समाजिक कार्य गरेर दिवस मनाउने बताए । ‘हामीले सबै पालिका कमिटि भातृ संघ संगठनलाई दिवसका दिन समाजिक कार्य गरेर दिवस मनाउने निर्देशन दिएका छौँ, ‘उनले भने, ‘पाटी पङक्ति र कमिटीले विभिन्न समाजिक कार्य गरेर दिवस मनाउने छन ।’ नेकपा माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारले नगर पार्टी सहिद परिवारलाई सम्मान गरेर दिवस मनाउने बताए । उनका अनुसार नगर क्षेत्रका सहिद, अपाङ्ग, घाईतेलाई सम्मान गरिनेछ । माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष कैलाशचन्द्र गिरीले जनयुद्ध दिवसका दिन सहिदलाई सम्झेर महेन्द्रनगरमा रक्तदान गर्ने बताए ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एव कञ्चनपुरका नेता हरि सुवेदीले बैद्य माओवादीले जनयुद्ध दिवसका दिन जिल्लाको मध्य भाग शुक्लाफाँटा नगरमा शुभकामना आदान प्रदान गरेर दिवस मनाउने बताए । उनका अनुसार शहिदको सम्झनामा कार्यक्रम गरिने छ । जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि क्रान्तिकारीको काँधमा आएको उनले बताए । उनले शुभकामना सहित खुसियालीका साथ दिवस मनाईने बताए । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले जनयुद्धका सहितको स्मृतिमा पार्टीले सहिदलाई सम्झिने बताए । उनका अनुसार सहितको स्मृतिमा दिप प्रज्वलन गरिने बताए ।
माओवादीले २७ औँ जनयुद्ध मनाउँदासम्म टुटफुटको अवस्थाले जनता निरासावादी रहेका छन । विगतमा जति जनताको माओवादीप्रति आस भरोसा थियो, अहिले टुटफुटले निरासमा परिणत हुँदै आएको छ । आज देशैभरी सहित विदेशमा जनयुद्ध दिवस मनाईउदै नेताहरुले अधिकतम जनताको हितमै काम गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् । जनयुद्धको मर्म भावना अनुरुप आएको परिर्वतनलाई आत्मसाथ गर्दै देश र जनताको हितका जुटन दललाई जनताको आग्रह छ । जनयुद्धका सहित परिवार, घाईते अपाङ्ग एव सहयोद्धाको सम्मान गर्न सुझाव दिएका छन ।






