कञ्चनपुरमा ८६ हजार भेडा बाख्रालाई पिपिआर रोग बिरुद्ध खोप


कञ्चनपुर: कञ्चनपुरका ८६ हजार घरपालुवा जनावर बाख्रा र भेडालाई पिसिआर महामारी रोग बिरुद्धमा खोप लगाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्लाका ८६ हजार घरपालुवा जनावर बा्रखा र भेडालाई पिसिआर महामारी रोग बिरुद्धमा खोप लगाईएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका सुचना अधिकारी तथा पशु विकास अधिकृत शंकर दत्त जोशीले चालु आर्थिक बर्ष ०७८÷०७९को दोस्रो चौमासिकमा भेडा, बाख्रामा लाग्ने पिपिआर महामारी रोग बिरुद्धमा खोप लगाईसकेको बताए । सुचना अधिकारी जोशीले जिल्लाका ९वटै पालिका स्थानीय किसानले पालेका बाख्रा र भेडामा खोप लगाईएको बताए ।

सुचना अधिकारी जोशीका अनुसार भीमदत्त नगरमा ११ हजार ५ सय, बेदकोट नगरमा ११ हजार ५ सय, दोधाराचाँदनी नगरमा ११ हजार ५ सय, कृष्णपुर नगरमा १० हजार, पूनर्वास नगरमा १० हजार ५ सय, बेलौरी नगरमा ८ हजार, लालझाडी गाँउपालिकामा ८ हजार बेलडाँडी गाँउपालिकामा ५ हजार बाख्रा भेडामा खोप लगाईएको छ । सुचना अधिकारी जोशीले भेडा र बाख्राबाट मासुजन्य पदार्थ मानिसले उपभोग गर्ने भएकाले खोप लगाएका भेडा र बाख्राको मासु उपभोग गर्दा लाभदायक हुने बताए । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख डा.पानसिह ठगुन्नाले बाख्रा र भेडामा लाग्ने एक प्रकारको हैजा महामारी बिरुद्धको खोप लगाईएको बताए । ‘यो बर्ष हाम्रो लक्ष्य ९० हजार हो, ‘उनले भने, ‘दोस्रो चौमासिकमै ८६ हजारमा लगाईसकेका छौँ, अहिले पनि निरन्तर जारी छ, लक्ष्य भन्दा बढि काम हुन्छ ।’

एक पटक खोप लगाईसकेपछि ३ बर्षका लागि ढुक्क हुने उनले बताए । कार्यालय प्रमुख डा. ठगुन्नाले गाईभैसीमा समेत खोरेत, भ्याकुते रोग बिरुद्धमा खोप लगाउने काम समेत भईरहेको बताए । बदेलमा लाग्ने स्याईनफिबर रोग बिरुद्धमा समेत खोप लगाईने छ । कुकुरको टोकाईबाट लाग्ने रेबिज बिरुद्धको भ्याक्सिन कार्यालयमा नआउने भएकाले अहिले यो समस्या देखिईरहेको बताए । ‘ग्रामिण भेगतिर जंगल छेउछाउ विपन्न बस्तीका किसानले पालेका घरपालुवा जनावरमा स्यालले टोक्ने समस्या देखिएको छ, ‘उनले भने, ‘हामीकहाँ भ्याक्सिन आउँदैन, ‘यस्ता किसानका समस्यामा पालिकाले समेत केही योजना ल्याउनुपर्छ ।’


Loading Viewer...

ताजा समाचार

spot_img