पुर्व प्रहरीको हत्या गर्ने अभियुक्त १८ बर्षपछि पक्राउ


कञ्चनपुर: पुर्व प्रहरीको हत्या गर्ने एक अभियुक्तलाई १८ बर्षपछि पक्राउ गरिएको छ । पुर्व प्रहरी उदय सिह डडालको हत्या गर्ने अभियुक्त देवसिह धामीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडीका इन्चार्ज रविन्द्र कठायतले पुर्व प्रहरी डडालको हत्या गर्ने अभियुक्त धामीलाई पक्राउ गरिएको बताए । बेलडाँडी गाँउपालिका १ सिद्धचोकका ४२ बर्षिया धामीले १५ जेठ ०६० सालमा पुर्व प्रहरी डडालको हत्या गरेर फरार थिए । डडाल नेपाल प्रहरीबाट सेवानिवृत भएपछि उनको हत्या धामी गरेको थिए ।

हत्या गरेर फारर रहेका धामीको प्रहरीले खोजि गर्दै जाँदा १८ बर्षपछि प्रहरीलाई सफलता मिलेको छ । ०६० सालतिर संकटकाल भएका बेला धामी डडालको हत्या गरी भारत भागेको प्रहरीले जनाएको छ । अहिले दोधाराचाँदनी नगरपालिका १ चाँदनी आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले ज्यान कसुर मुद्दाका अभियुक्त धामीलाई शनिबार अर्थात २२ माघ ०७८ सालमा पक्राउ गरिएको बताए । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको छ ।

धामीले डडाललाई धारिलो हतियार प्रहार गरि हत्या गरेर भारत फरार भएपछि प्रहरीलाई अभियुक्त खोज्न समस्या भएको थियो । ढिलै भएपनि पीडित डडाल परिवारले राहत पाएका छन । पीडित परिवारले दोषि उपर हदैसम्मको कार्बाहीको माग अघि सारेका छन । अपराध गरेर भाग्नु पनि अर्को अपराध भएको स्थानीयको भनार्ई छ । घटनाले मानिसले मानिसको हत्या गर्दा एकदिन अवश्य नै कानुनको कठघरमा उभिनुपर्ने सन्देश दिएकोछ ।


Loading Viewer...

ताजा समाचार

spot_img