महाकाली पुल निर्माणको माग राख्दै स्थानीय आन्दोलित


कञ्चनपुर : महाकाली पुल निर्माणको माग अघि सारेर स्थानीय आन्दोलित भएका छन । ठेकेदार कम्पनीले पुल निर्माण भन्दा पनि नदीका ढुङ्गा, गिट्टी बेच्न लागेको आरोप लगाएर स्थानीय आन्दोलित भएका हुन । आइतबार स्थानीयले सो क्षेत्रमा बिरोध प्रर्दशनका साथै वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन ।

स्थानीयले महाकाली पुल निर्माणका लागि जनप्रतिनिधीले पहल नगरेको भन्दै भीनपा १२ वडा कार्यालयमा तालाबन्दी गरेका छन । स्थानीय सुरेन्द्र मल्लले पुल निर्माणका चरम लार्पबाही भएको भन्दै वडामा तालाबन्दी र कम्पनीका सवारी साधनमा रोक लगाएको बताए ।

‘माघ महिना सकिदा समेत पुलको काम शुरु गरेको छैन, ‘उनले भने, ‘फेरी अर्को बर्षा भएर बाँध भत्किएर वाढि गाँउ पस्ने खतरा भयो ।’ ठेकेदार कम्पनीले सडक निर्माण गर्दा बालुवा राखेर निर्माण गरेकाले गत कार्तिकमा भत्किएको भन्दै स्थानीयले बिरोध गर्दै आएका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img