‘सन्दर्भ व्याजदर’ निर्धारण नहुदा सहकारी संस्था मर्कामा


राजेन्द्रप्रसाद पनेरु / कञ्चनपुर : ‘सन्दर्भ व्याजदर’ निर्धारण नहुदा कञ्चनपुरका सहकारी संस्थाका मर्कामा परेका छन । सन्दर्भ व्याजदर निर्धारण समितिलाई अविलम्ब व्याजदर निर्धारण गर्नका लागि सहकारी संस्थाका पदाधिकारीले माग गर्नु भएको छ । क्षेत्रीय सहकारी समन्वय समिति झलारीमा आवद्ध सहकारी संस्थाका पदाधिकारीहरुले सन्दर्भ व्याजदर निर्धारण नहुदा थोक कर्जा प्रदायक संस्थाहरुले सहकारी संस्थालाई आफु खुसि व्याजदर निर्धारण गरी रकम असुल्दै आएको आरोप लगाएका छन । “थोक कर्जा प्रदायक संस्थाहरुले १३ देखि १४ प्रतिशत सम्म सन्दर्भ व्याजदर निर्धारण गरी असुल्दै आएका छन” सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवराज भट्टले भन्नु भयो, “सहकारी संस्थाका लागि पुरानै १४ दशमलव ७५ प्रतिशत व्याज दर निर्धारण गरिएको छ । नयाँ सन्दर्भ व्याज दर निर्धारण हुनु पर्नेमा त्यो हुन सकेको छैन । सहज रुपमा सहकारी सञ्चालनका लागि थोक कर्जा प्रदायक संस्था र सहकारीको व्याज दरमा ५ देखि ६ प्रतिशत सम्म स्पेश हुनु पर्ने हो । एक प्रतिशत पनि स्पेश छैन । प्रशासनिक खर्च चलाउन समेत सकिने अबस्था छैन ।”

राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक लगायतका सहकारी संग आवद्ध संस्थाहरु र बिषयगत संघहरुले सन्दर्भ व्याजदर निर्धारणका लागि पहल गरेपनि संयन्त्रबाट जफावदेहिता आउन नसकेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगि सिंह सोवले बताउनु भयो । “नयाँ सन्दर्भ व्याज दर निर्धारण नभएको अबस्थामा जसरी बैंकहरुलाई छुट छ सोही पद्धतिमा सहकारी संस्थालाई समेत व्याज दर निर्धारण गरिनु पर्छ” उहाँले भन्नु भयो । ब्याजदरलाई व्यवस्थित गर्न सहकारी ऐन—२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरिएको छ । ऐन बमोजिम सन्दर्भ व्याजदर निर्धारणका लागि सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालय, अर्थ मन्त्रालय,नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकाी महासंघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत सङ्घहरुबाट प्रतिनिधि र सहकारी विभागका उप रजिष्ट्रार सदस्य सचिव रहेको सन्दर्भ व्याजदर निर्धारण सिफारिस समिति गठन हुने व्यवस्था छ । सहकारी नियमावली, २०७५मा भएको व्यवस्था अनुसार बचत तथा ऋणको कारोवार गर्ने केन्द्रीय विषयगत सङघमा आवद्ध संस्था र सङघहरुको औषध व्याजदर, सहकारी बैंङकको औषध व्याजदर, बैंङक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम क वर्गको इजाजतप्राप्त बैंङकहरुको औसत व्याजदर,व्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैंकले गरेका अधययन प्रतिवेदनहरु, राष्ट्रिय सहकारी महासंघ विषयगत केन्द्रिय सङघहरुबाट प्राप्त सुझाव, सन्दर्भ व्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधारहरुलाई लिईने गरिन्छ ।

सन्दर्भ व्याजदर निर्धारण गर्दा बचतमा भारित औसत व्याजदर भन्दा सामान्यतया बढी, ऋणमा भारित औसत व्याजदरभन्दा सामान्यतया घटी र बचत र ऋणको व्याजरदरको अन्तर ६ प्रशितले घटी हुन पर्दछ । सन्दर्भ व्याज दर निर्धारणमा ढिलाई हुदा थोक कर्जा प्रदायकले व्याज दरमा एका एक बढाउदै लगेपछि सहकारी संस्था मर्कामा परेका छन । सहकारी संस्थाले नाफाको आधा रकम कटाएर व्याज तिर्नु पर्ने अबस्था रहेको सहकारीका पदाधिकारीहरुको भनाई रहेको छ ।
सन्दर्भ व्याजदर तोकिए पछि सोही आधारमा सहकारीले बचत तथा ऋणको ब्याजदर तोक्ने गर्दछन । सहकारी संस्थाको ब्याजदरलाई व्यवस्थित गर्न ऐनमा सहकारीले लिने र दिने ब्याजदरको अन्तर (स्पे्रड दर) ६ प्रतिशतभन्दा बढी गर्न नपाइने व्यवस्था छ । “पुरानै सन्दर्भ व्याजदरमा सहकारीले ऋण लगानी गर्नु पर्ने अबस्था छ” सृजनशिल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक मदनराज भट्टले भन्नु भयो, “थोक कर्जा प्रदायकले व्याज बढाएका बढाएै छन यस्तो अबस्थामा सहकारी चलाउन सकिदैन । धेरै सहकारी संस्थाले ऋणको व्याज तिर्नै सक्दैनन् ।” यसैविच, क्षेत्रिय सहकारी समन्वय समितिका आवद्ध सदस्यहरुले रासायनिक मल, बीउविजनको सहज आपूर्तिका लागि स्थानिय तह, प्रदेश सरकार संग पहल गर्नका लागि माग समेत गरेका छन । समन्वय समितिका आवद्ध सहकारी संस्थाहरुले सहकारी अभियानलाई समेत अगाडी बढाउने भएका छन । क्षमता अभिबृद्धि र समस्या निराकरणका लागि कार्य बढाईने समेत बताईएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img