कञ्चनपुर: कञ्चनपुरका पत्रकार कृष्ण बहादुर नेपालीलाई पितृशोक परेको छ । पत्रकार नेपालीका बाबु रन बहादुर नेपालीको निधन भएको छ । मुटुरोगबाट ग्रसित ६३ बर्षिया नेपालीको गयराती भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित घरमै निधन भएको परिवारजनले जनाएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य नेपाली नयाँ जनक्रान्ति नेपाली दैनिकमा कार्यरत छन । अन्त्येष्टीका महाकाली नदीमा गरिएको छ । बाबुको निधनसंगै पत्रकार नेपालीको घर परिवार आफन्त, साथि भाई एव शुभचिन्तक शोकमा परेका छन ।







