महेन्द्रनगर : अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुगेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् । मंगलसेन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । चौरपाटी गाउँपालिकामा १४ हजार ७३९ मतदाता छन् ।

रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । कमलजवार नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतदाता छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।







