कञ्चनपुर : समतावादी नेता स्व। गजेन्द्र नारायण सिंहको २०औं स्मृति दिवस मनाईएको छ । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र कञ्चनपुरले सिंहको पुण्यतिथिको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रमहरु गरी मनाउँदै आएको छ । उत्पीडन र विभेदका साथै मधेशीको अधिकारको लडाईको शुरुवात गर्दै मधेशी, महिला, जनजाती, मुस्लिम, दलित उपर हुने विभेद विरुद्ध मेची देखी महाकालीसम्म एकता यात्राको शुरुवात गरी मधेशीलाई आफ्नो अधिकारका लागि लडन प्रेरित गरेका थिए ।

सिंहले शुरु गरेको मधेशीहरुको अधिकार प्राप्तिको लडाइ सार्थक भएको अध्ययन केन्द्रका सदस्य अम्बादत्त तिवारीले बताए । विभेद विरुद्धको संघर्ष, आन्दोलन र महान वीर सहिदहरुको सहादतले मधेशी जनसमुदायको चाहना अनुसार थोरै भएपनि मधेशको मुद्दा स्थापित भएको छ ।’ गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले उनको २०औं पुण्यतिथिको अवसरमा देशको अन्य जिल्लाहरुमा पनि ’’ मधेश प्रदेश नामाकरण र गजेन्द्र नारायण सिंह विषयक अन्तरक्रिया कार्यक्रम” भई रहेको केन्द्रका अध्यक्ष लोकराज भट्ट लोकेशले बताए ।

केन्द्रका अध्यक्ष सचिव भट्टले भने ‘नेपालमा रहेका दुई तिहाई आदिवासी जनजाति, मधेशी समुदायको राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हक अधिकार, पहिचान र स्वाभिमानको लागि आजिवन संघर्ष गर्नुभएका पहिचानवादी नेता स्व।गजेन्द्र नारायण सिंहको पुण्यतिथिको अवसरमा उहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरिएको थियो । कोभिड का कारण कार्यक्रममा सञ्चारकर्मी र अध्ययन केन्द्रका पदाधिकारीको सहभागीता रहेको थियो ।







