कञ्चनपुर : कञ्चनपुरमा आईतवार १ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा एकैदिन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ ।

आज एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय ४ जना पिसिआर परिक्षणबाट ३७ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ३७ जना, दोधारा चाँदनीमा ८ जना, कृष्णपुरमा ५ जना, शुक्लाफाँटामा ४ जना, पुर्नवासमा ६ जना, बेलौरीमा २ जना, र गडडाचौकीमा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ८ सय १२ पुगेको छ ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आज ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ७ सय २५ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ६ पुगेको छ ।







