युवा व्यवसायी भट्ट महाकाली बहुप्राविधिक शिक्षालय संचालक समिति सदस्य


कञ्चनपुर: कञ्चनपुरका युवा व्यवसायी दिवाकर भट्ट महाकाली बहुप्राविधिक शिक्षालय संचालक समिति सदस्यमा नियुक्त भएका छन । जिल्ला परिचित युवा व्यवसायी भट्टलाई महाकाली बहुप्राविधिक शिक्षालय संचालन समिति सदस्यमा नियुक्त गरेको हो । भीमदत्त नगरपालिका महाकाली बहुप्राविधिक शिक्षालय समितिका अध्यक्ष समेत गरेका मेयर सुरेन्द्र विष्टले भट्टलाई संचालक समिति सदस्यमा नियुक्त गरेका छन ।

शिक्षालय ऐन २०७४ को दफा ४ को उपदफा १ को खण्ड (ज) बमोजिम भट्टलाई सदस्यमा मनोनित गरेको छ । बहुप्राविधिक शिक्षालयमा नियुक्त भएका भट्टले आफुलाई पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेका छन । भट्टले व्यवस्थापन संकायतर्फ स्नातक अध्ययन गरेका थिए । प्राविधिक शिक्षालयका प्रमुख पंकज रावलले अब केही सदस्य मात्रै नियुक्त गर्न बाँकी रहेको बताए ।


ताजा समाचार

spot_img