भीमदत्तका ६३ जना सहित कञ्चनपुरमा मंगलवार १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि


महेन्द्रनगर : भीमदत्त नगरपालिकामा एकैदिन ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार गरिएको कोरोना परिक्षणमा अहिले सम्मकै बढी कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । मंगलवार गडडाचौकी नाकामा गरिएको परिक्षणमा ४६ जना र अन्य गरी १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयल जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय २३ जना पिसिआर परिक्षणबाट ६२ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा ६३ जना, दोधारा चाँदनीमा ८ जना, वेदकोटमा ५ जना, शुक्लाफाँटामा १ जना, पुर्नवासमा २५ जना, लालझाडीमा १ जना, बेलडाँडीमा १ जना, बेलौरीमा २३ जना, कृष्णपुरमा १२ जना, र गडडाचौकीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार २ सय ८० पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ३६ रहेको छ । आज १० जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार २ सय १३ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।

एकैदिन थपिए १० हजारभन्दा बढी कोरोना संक्रमित
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २२ हजार २ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर ५६२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोभिड–१९ का सक्रिय संकमितको संख्या अहिले ३९ हजार ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img