कञ्चनपुर: कञ्चनपृुरको पुनर्वास र बेलौरी क्षेत्रमा पर्ने दोंदा नदीको पच्कडियामा करिब पच्चीस करोडको लागतमा डबल लेनको पल्ली पुल निर्माणको प्रक्रिया अघि बढ्दै गएको छ । जिल्लाको दक्षिणी क्षेत्र व्यपारिक,कृषिमा आधारित उद्योग र व्यवसाय, पर्यटकिय एवम् सांस्कृतिक हरेक दृष्टिले महत्वपूर्ण रहेको छ । नेकपा एमाले नेता खेम सुवेदीले भविष्यमा नदीले धार परिवर्तन गर्ने प्रवल सम्भावना रहेको,तटिय क्षेत्रको हुलाकी राजमार्ग क्षत बिक्षत हुनेगरेको बताए ।

सिमरी गाउँ र वरपरका बासिन्दाहरू प्रत्येक वर्षादमा डुबान र बाढीको चपेटामा पर्ने गरेको अवस्था उनले बताए । त्यसैले दोंदा नदीको आर्यघाट किनारमा ९करिब दश करोड लाग्ने अनुमान० तटबन्ध निर्माण गर्ने प्रयास प्रारम्भ बताउदै उनले हुलाकी राजमार्गका प्राविधिकहरु सेमरी गाउँका पिडित बासिन्दाहरू सहित आफुहरुले प्रारम्भिक स्थलगत अध्ययन गरेको बताए । एमाले नेता सुवेदीले निकट भविष्यमा नै बिस्तृत प्रतिवेदन रिपोर्ट (डिपीआर) तयारीका लागि केन्द्रबाट टोली आउने बताए ।







