कैलाली : कैलालीमा एक वडाध्यक्षको मोटसाइकल तोडफोड भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जगतराम चौधरीको मोटरसाइकल तोड्फोड गरेको आरोपमा रमेश चौधरी पक्राउ परेका छन् ।

आइतबार साँझ रमेशले वडाध्यक्षको से१ब ६७७ नम्बरको सरकारी मोटरसाइकल बन्चरोले तोड्फोड गरेका इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार रमेश चौधरीविरुद्ध वडाध्यक्षले सार्वजनिक मुद्दा दर्ता गराएका छन् ।

स्थानीयले वडाध्यक्षले मादकपदार्थ सेवन गरेको दाबी गरेका छन् । तर वडाध्यक्ष चौधरीले माघीको शुभकामना आदानप्रदानको समयमा रोकिएको मोटरसाइकलमा रमेशले बन्चरो प्रहार गरेको बताए । रमेशले केही दिन अगि विद्यालयमा समेत आगो लगाएको वडाध्यक्षले बताए । प्रहरीका अनुसार रमेशको मानसिक अवस्था कमजोर छ ।











