डडेल्धुराका युवा समाजसेवी मल्लले बिरामी युवालाई गरे १० हजार सहयोग


महेन्द्रनगर : समाजसेवी युवा मनका ढुकढुकी सफल व्यावसायी डडेल्धुरा अमरगढी नगरपालिका ४ तल्लो खलंगाका हाल जापानमा रहेका प्रकाश मल्ल ( विनय ) अमरगढी नगरपालिका ११ फनेकोट घर भएका नवराज जोशीलाई उपचारको लागि आर्थिक सहयोग गरेका छन् । हाल जापानमा रहेका मल्ले आफनो मिहिनेत रगत पसिनाको कमाईले केही अंश समाज सुधरामा खर्च गर्दै आईरहेको उनले जन्डिसबाट पिडित बिरामी लाई नगद दश हजार रकम सहयोग गरेका अमरगढी युवा एकता समाज डडेल्धुरा का समाजसेवी युवा सुरत तमोलीले जानकारी दिएका छन् ।

बिरामी जोशीको पेटमा पानी भरीएको र उपचार गर्दा ८ लिटर पानी निकालिएको थियो । सबैको साथ र सहयोग भएकोले गर्दा केही हदसम्म सञ्चो भएको र ६ महिनाका लागि दबाई लिएर नेपाल फर्किन लागेको अमरगढी युवा एकता समाज डडेल्धुरा का युवा चेतराज ओझाले बताए । अहिलेको समयमा आफनै गाउँका नेता कार्यकर्ताले एक रुपैँया पनि सहयोग नगरेको अवस्थामा विदेशमा रहेर पनि मल्ले गरेको सहयोगले आफनो परिवारमा खुशी आएको स्थानिय टेक बहादुर बोहराले बताएका छन् । यसरी आफनो आफन्त नभएपनि समाजसेवी मल्लले गरेको सहयोग अतुलनिय रहेको र त्यस्ता व्यक्तिले समाजमा आएर काम गर्न स्थानीयहरुले आग्रह गरेका छन् ।

मल्ले विगतका दिनहरुमा जिल्लामा स्वास्थ्य शिक्षा विकास तथा पुराना मठमन्दिर बाटोघाटो निर्माणमा र कोरोनाको समयमा विपन्न दलित परिवारका सदस्यहरुलाई राहत तथा अस्पतालमा निशुल्क अक्सिजन सिलिन्डर सहयोग गरेका थिए । नेता कार्यकर्ता पार्टीका मान्छेहरुले जनप्रतिनिधीहरुले नगरेको सहयोग गुण मल्लले लगाएको र यस्तो सामाजिक अभियन्ताहरुले सामाजिक क्षेत्रमा मात्र नभएर समग्र विकासको लागि जिल्लामा आएर काम जिल्लावासीहरुले आग्रह गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img